Khadya Bibhag

निनिया रानी

मैथिली गीत ‘निनिया रानी’ सार्वजनिक भएको छ । भदौं २९ गते शुक्रबारका दिन बेजोड युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो । निनिया रानी गीति भिडियोमा मैथिली, नेपाली र हिन्दी सङ्गीत जगतका ख्याति प्राप्त सङ्गीतकार एवं गायक प्रवेश मल्लिकको सङ्गीत, मैथिली भाषा–सङ्गीतका चर्चित गीतकार विद्यानन्द बेदर्दीको शब्द र मैथिली सङ्गीत क्षेत्रका प्रसिद्ध गायिका नेहा प्रियदर्शनीको स्वर रहेको छ ।
सो म्यूजिक भिडियोमा यूट्यबमा ‘मिथिला–काकी’ को रूपमा परिचित रहेकी कलाकार टेस्सा प्रियदर्शनी, बालकलाकारहरू आध्या सिंह र धैवत बैरोलियाको अभिनय रहेको छ ।
यस भिडियोलाई राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित मैथिली र भोजपुरी भाषाका लोकप्रिय निर्देशक नितिन नीरा चन्द्रले निर्देशन, बलिउड अभिनेत्री नीतु चन्द्र, नितिन नीरा चन्द्र र शशांक गुप्ताले निर्माण गरेका छन् ।
यस्तै ईडिट, कलरिङ्ग र पोस्टर डिजाइन निर्देशक चन्द्र, डाइरेक्सन ऑफ फोटोग्राफी कुन्दन आर्याले गरेका छन् भने म्यूजिक पार्टनरहरू ‘म्यूजिक मैथिली’ र ’प्रवेश मल्लिक प्रोडक्शन’ रहेका छन् । लोरी एउटा सुखदायक, सौम्य गीत हो जसले बच्चालाई निदाउन मदत गर्छ । यही उद्देश्यले निर्माण गरिएको यस गीतमा सन्तान प्रति आमाको प्रेम, आशा र चिन्तन बारे गहिरो ढङ्गले चित्रण गरिएको छ । ‘निनिया रानी’ कर्णप्रिय धुन, मनमोहक स्वर, आरामदायक शब्द र कल्पनाले भरिएको छ । सुन्ने बित्तिकै मनको वातावरण शान्त बनाउँछ । यस गीतमा आमाले सन्तानको शान्ति, सुरक्षा, सद्बुद्धि एवं प्रगतिको लागि प्रेम गीत गाएकी छिन् । बच्चा ठूलो भएपछि जीवनमा सम्पूर्ण यस प्राप्ति भएता पनि आमाले आजिवन बच्चाको ओठबाट ‘मातृभाषा मैथिली’ चन्दन झैँ मगमगाएको हेर्न चाहन्छिन् ।
सङ्गीतज्ञ प्रवेश मल्लिकले मैथिली मौलिक सङ्गीत क्षेत्रमा कलाकारहरूको सक्रियता कम र नक्कल तर्फ बढी अग्रसर रहेको बताएको छ । श्रोता–दर्शकले पनि त्यसलाई आँखा छोपी अमल गरि रहेका छन् । यो मैथिलीको लागि खतराको संकेत हो । बच्चालाई निदाउनका लागि र सुतेका श्रोता–दर्शक र समाजलाई जागृत गर्न निनिया रानी सौगात रहेको भनेको छ ।

तपाईको प्रतिक्रिया