Khadya Bibhag

मृत फेला परेको शिक्षक सञ्जिवको घटनाबारे छानविन गरी कारवाहीको माग गर्दै शिक्षकहरु आन्दोलित

सिरहा कात्तिक २० गते । सिरहाको गोलबजारमा विद्यालयमै झुण्डिएको अवस्थामा मृत भेटिएका सरस्वती माविका प्रधानाध्यापक सञ्जिवकुमार साहको हत्या भएको भन्दै छानविन गरी दोषी पता लगाएर कारवाहीको माग गर्दै जिल्लाका विभिन्न शिक्षकका संघ संगठन आन्दोलनको घोषणा गरेको छ ।
आठ वटा शिक्षक संगठनले आज संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनको घोषणा गरेका छन् । साथै सो घटनाप्रति शिक्षक पेशागत संगठनले आफ्नो गम्भिर ध्यानाकर्षण भएकोले भन्दै त्यसको सत्य तथ्य छानविन गरी दोषी पता लगाउन मागरेको छ ।
राज्यमाथि दबाव बढाउनका लागि कात्तिक २१ गते (भोली) जिल्लाभरीका सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय संगठनहरुले गरेका छन् । विद्यालय बन्द गरि सम्पूर्ण शिक्षकहरु श्री सरस्वती प्राविधिक माध्यमिक विद्यालय गोलबजार जम्दहमा भेला हुन समेत आग्रह गरेको छ ।
भेला भई संर्घषको कार्यक्रम तय गर्ने बताइएको छ । साथै गोलबजार नगरपालिका अन्तरर्गतका सम्पूर्ण विद्यालयहरू अनिश्चित कालको लागि बन्द रहने भनिएको छ ।
श्री सरस्वती प्राविधिक माध्यमिक विद्यालय गोलबजार जम्दहमा कार्यरत प्रधानाध्यापक सञ्जिव कुमार साह विहान लगभग ८ः३० को समयमा विद्यालय भवनमा शंकास्पद रुपमा पासोमा मृत भएको गम्भिर अवस्थामा फेला परेको थियो ।
त्यस्तै मृतकका परिवार तथा आफन्तहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी दोषीलाई कारवाहीको माग गरेको छ
सिरहाको मिर्चैयामा बिहान ९ बजेदेखि साहका परिवार र स्थानीयवासीले घटनाको छानबिन र दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया