आरती साहको परिवारलाई वार्ताका लागि बोलायो सरकारले (पत्रसहित)

काठमाडौँ कात्तिक २० गते । छोरी आरती साहलाई हत्या गरेको भन्दै १४० दिनदेखि न्यायका लागि अनसन बसेका आरती साहको गृह मन्त्रालयले वार्ताका लागि सोमवार पत्र पठाएको छ ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वकीय सचिव विजय गौतमले आज संवादका लागि आग्रह गर्न माइतीघरस्थित धर्नास्थलमा पुग्नु भएको थियो ।

आरती साहहको धनुषामा मृत्यु भएको थियो । मृत्यु शंकास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्का सहितका प्रहरी अधिकृतहरुले कुटपिट गरेको पीडित परिवारले आरोप लगाएको छ । खड्का सहितका प्रहरी अधिकृतहरुलाई कारबाही माग गर्दै साहका बुवा र आमासहित परिवारका सदस्यहरु १४४ दिनदेखि काठमाडौँमा धर्ना बसिरहेका छन् । यसबारे प्रहरीका डिआईजी विकाशराज खनाल नेतृत्वका टिमले छानबिन गरिरहेको छ ।

आरतीको हत्या गरेको आरोपमा प्रहरीले उहाँको श्रीमान् र ससुरालाई पक्राउ गरेको थियो । उनीहरुलाई साधारण तारेखमा छाडिएको छ ।

तपाईको प्रतिक्रिया