Khadya Bibhag

मधेश प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौँ कात्तिक २३ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाउने भएका छन् ।
मुख्यमन्त्री यादवसहित माओवादी, जनमत, एमाले, काँग्रेसलगायतका नेता तथा मन्त्रीहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउन लागिएको हो मुख्यमन्त्री सरोज यादवले बताउनुभयो । आज १०ः३० बजे सो ज्ञापनपत्र बुझाउन लागिएको हो ।
प्रहरी समायोजन, कर्मचारी व्यवस्थापनलागयतका माग राख्दै सो ज्ञापनपत्र बुझाउन लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले संविधानमा भएको अधिकार मात्र खोजेका हौं संविधानमा जे छ त्यसलाई कार्यान्वयन गरिदियोस् अरु हामीलाई केही चाहिदैन ।’
मुख्यमन्त्री यादवले पोखरामा भएको प्रधानमन्त्री सहितको सातै प्रदेशका मुख्यमन्त्री सहितको प्रदेश परिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले ३ महिना भित्रमा प्रहरी समायोजन गर्ने र संघीय निजामती ऐन अध्यादेशमार्फत भएपनि ल्याउने प्रतिबद्धता गरे पनि हालसम्म कार्यान्वयन नभएको गुनासो गर्नुभयो ।
एक महिनाभित्र सबै माग पुरा नभए नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी पनि उहाँले दिनुभएको छ ।

तपाईको प्रतिक्रिया