काठमाडौँ कात्तिक २९ गते । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनितिक दलहका नेताहरुलाई भुकम्प पिडितको राहत सामग्री वितरण गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीले याक एण्ड होटलमा एक कार्यक्रमको आयोजना गरी काँग्रेस, माओवादी, एमाले, जसपा, नेकपा (एस) का नेताहरुलाई सो राहत वितरण गरेको हो । दुई करोड ७४ लाख बराबरको सो राहत उहाँहरुलाई वितरण गरिएको हो । स्रोतका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त सो राहत जाजरकोटलगायत क्षेत्रमा आएको भुकम्प पिडितलाई वितरण गर्ने भनिएको छ । यद्यपी कुनै पनि राहत सरकारमार्फत वितरण गर्नुपर्ने सरकारले निर्णय ने गरेको छ ।
तर चीनले राजनीतिक दलमा आफ्नो प्रभाव देखाउनका लागि दलमार्फत सो राहत वितरण गराउन लागेको हो । यसरी पार्टीमार्फत भुकम्प पिडितलाई राहत वितरण गराउन लगाउँदा चीनको विरोध भइरहेको छ । भुकम्प पिडितको क्षेत्रमा पनि चीनले राजनीतिकरण गरेको भनि सो चीनको आलोचना भइरहेको छ ।
माओवादी केन्द्रबाट महासचिव देव गुरुङ, कांग्रेसबाट रामहरी खतिवडा, एमालेबाट राजन भट्टराई, जसपाबाट राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट जीवन श्रेष्ठले सो राहत सामाग्री बुझ्नु भएको छ ।
तपाईको प्रतिक्रिया