सूचिकृत नभएका बिउ बिक्रि वितरणमा रोक

भुमि व्यवस्था तथा सहकारी मन्त्रालय, मधेश प्रदेशस्थित बीउ बिजन प्रयोगशाला, महोत्तरी जलेश्वरमा सूचिकृत नभएका जातका बीउ बिजन खरिद र बिक्री गरेको पाइएमा कारवाही गरिने भएको छ ।
मन्त्रालयले एक परिपत्र जारी गर्दै मधेश प्रदेश अन्तर्गत रहेको बीउ बिजन उत्पादक (सहकारी र कम्पनी, फर्म, कृषक समूह) र बीउ बिजन व्यवसायी (एग्रीभेट बीउ बिजन व्यवसाय गर्ने पसलहरु र बीउ बिजन बिक्री गर्ने सहकारीहरु) ले आव २०८०÷२०८१ मा सूचिकृत भएका बाली जातहरुका गुणस्तर नियन्त्रण तथा प्रमाणिकरण प्रकृया पूरा भएको बीउ बिजन जातहरु मात्रै बिक्री बितरण गर्ने र खरिद बिलसंग अनिवार्य बीउ बिश्लेषण र अन्तिम खेत निरिक्षण प्रतिवेदन लिने दिने व्यवस्था मिलाउन पत्रचार गरेको छ ।
परम्परागत रुपमा सदियौंदेखि कृषकले संरक्षण गर्दै आइरहेको कृषि बालीलाई रैथाने बाली भनिन्छ । यसबाट उच्च खडेरी र चिसो, कम मात्रामा मलजल भए पनि उत्पादन लिन सकिन्छ । चिनो, कागुनो, फापर, उवा, कोदो स्थानीय जातका धान, गहुँ, मकै, स्थानीय स्तरमा नै पाइने विभिन्न प्रजातिका फलफूलका बालीलाई रैथाने भनेर बुझ्न सकिन्छ ।
मुलुकमा ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा गरिने खेतीपातीमा प्रयोग हुने बीउमध्ये ९५ प्रतिशत आयातित प्रयोग हुन्छ । रैथाने बाली संकटमा पर्नु र लोपहुँदै जानुमा मुख्य गरी आयातित विकास र हाइब्रिड जातबीउलाई प्राथमिकता दिनु रहेको छ ।
‘व्यवसायमुखी खेतीगर्नेले बढी उत्पादनलिनविकासे र हाइब्रिड जातलाई प्राथमिकता दिन्छन् । यसका साथै आर्थिक र दक्ष जनशक्ति अभाव हुनुले रैथाने बाली संकट परेकोहो । रैथाने बालीको उत्पादन लागत बढी लाग्ने र बजार नपाउने भएकाले किसानले रैथाने बालीको खेतीगर्न छोडेका छन् । नेपालमा समुद्र सतहबाट करिब ६० मिटरदेखि ५ हजार मिटर उचाईसम्म रैथाने बाली पाइन्छ । पानी र मल कम भए पनि रैथाने बालीबाट उत्पादन लिन सकिन्छ ।

तपाईको प्रतिक्रिया