काठमाडौँ माघ १ गते । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले मधेश प्रदेश र लुम्बनी प्रदेशबाहेक अन्य ठाउँमा हुने राष्ट्रिय सभा सदस्यका लागि हुने चुनाव सत्तागठबन्धनलाई समर्थन गर्नुभएका छ ।
जनमत पार्टीका अध्यक्षले आज एक अपिल जारी गर्दै मेधश प्रदेशमा रामशंकर महासेठ र लुम्बनी प्रदेशमा बालगोविन्द चौधरी थारुलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
त्यसबाहेक अन्य ठाउँमा माओवादी कन्द्र नेतृत्वको सत्ता गठबन्धनका उम्मेदवारहरुलाई पार्टीको समर्थन गरेको अध्यक्ष राउतले जानकारी गराउनु भएको छ ।
सत्ता गठबन्धनमा रहेका जनमत पार्टीका अध्यक्ष राउतले मधेश प्रदेश र लुम्बनी प्रदेशमा आफ्नो उम्मेदवार उठाएपछि त्यसको आलोचना भएको थियो । उम्मेदवारी फिर्ता लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष राउतलाई पटक पटक आग्रह गर्नुभएको थियो तर उहाँले सो आग्रह अस्विकार गर्दै आउनु भएको थियो ।
तपाईको प्रतिक्रिया