नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँच पटक यो देशका प्रधानमन्त्री बनिसक्नु भएको छ, छैठौ पटक बन्ने सुरसारमा हुनुहुन्छ । माआवादी केन्द्रका अध्यक्ष प्रचण्डको दुई वर्षे कार्यकाल सकेपछि सभापति देउवा प्रधानमन्त्री बन्ने लगभग पक्का छ ।
प्रधानमन्त्री बन्नमा बाधा नपुगोस् भनेर कुनै पनि विवादस्पद कार्यमा हात हाल्नु भएको छैन । चुपचाप साक्षीको किनारा जस्तै बस्नु भएको छ । प्रधानमन्त्री प्रचण्डलाई उहाँले खुश राख्नु भएको छ । एकपटक प्रचण्डलाई चलाए पछि धोका खाइसक्नु भएका देउवा फेरि त्यही गलती दोहोर्याउने पक्षमा हुनुहुन्न । प्रधानमन्त्री प्रचण्डले जस्तो सुकै गल्ती गरेपनि सभापति देउवाले कुनै प्रतिकृया दिनुहुन्न । चुपचाप त्यसको सपमर्थन गर्नुहुन्छ । देउवालाई डर छ कि प्रचण्डलाई चलाइयो भने एमालेसँग मिलेर अर्को गठबन्धन बनाएर सरकारको समिकरण फेरबेदल गर्नसक्नु हुन्छ, त्यसैले उहाँ कुनै रिश्क लिन चाहनु भएको छै ।
त्यसका लागि पार्टीमा उहाँको आलोचना पनि हुने गरेको छ कि प्रधानमन्त्री प्रचण्डको विरुद्धमा सभापति देउवाले केही बोल्नुहुन्न । राष्ट्रपतिको चुनावमा यस्तै गरि पार्टीबाट दबाव पर्दा प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्ने प्रयास गर्नुभएको थियो । प्रचण्ड एमालेसँग हात मिलाएर अर्को सरकार गठन गर्नु भएको थियो । अहिले पनि त्यस्तो सम्भावना बन्न सक्छन् भनि अनुमान देउवाको छ त्यही भएर उहाँले कुनै रिश्क लिन चाहनु भएको छैन । तर देउवालाई यसपाली प्रधानमन्त्री बन्न त्यति सजिलो छैन ।
पार्टीभित्र देउवाको विरुद्धमा ठूलो जमात तयार हुँदैछ । पार्टीका दुवै जना महासचिवले सभापति देउवालाई अब एक कदम अगाडि बढ्ने दिने मुडमा हुनुहुन्न । प्रधानमन्त्री बन्नबाट रोक्नका लागि महासचिव गगन थापाले हरेक एक प्रयास गरिरहनु भएको छ । आफै प्रधानमन्त्री बन्नका लागि शेरबहादुर देउवासँग संसदीय दलको नेतामा चुनाव लड्नु भएको थियो ।
संसदीय दलको नेतामा हार्नुभयो तर देउवाको पिछा गर्न छाड्नु भएको छैन । कुनै पनि हालतमा देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्नुपर्छ भनि खुल्ला रुपमा घोषणा गर्नुभएको छ । अब महासचिव थापाले शेखर कोइरालालाई संसदीय दलको नेता बनाउनुपर्छ भनि लविङमा लाग्नु भएको छ । पार्टीका नेताहरुसँग आन्तरिक रुपमा छलफल गरिरहनु भएको छ । मौका आउने बित्तिकै देउवालाई संसदीय दलको नेताबाट हटाउने खेल भइरहेको छ । त्यसमा भर्खर जेलबाट धरौटीमा रिहा हुनुभएका बालकृष्ण खाँण पनि देउवाको पक्षमा हुनुहुन्न ।
गत मंसिर २८ गते अदालतमा धरौटी बुझाएर जेलबाट रिहा हुनु भएका बालकृष्ण र सभापति देउवाबिच त्यति हिमचिम हुन सकेको छैन । बालकृष्ण सभापति देउवाका खास व्यक्ति हुनुहुन्छ । तर जेलबाट छुटेपछि देउवालाई त्यति महत्व दिनुभएको छैन । बालकृष्णको बुझाई अनुसार देउवाले आफ्नो प्रधानमन्त्री पद बचाउनका लागि बलिको बोका बनाउनु भएको हो, रिहाका लागि पनि त्यति पहल गर्नुभएन ।
धरौटी रकममा पनि सहयोग गरेनन् भन्दै बालकृष्णको अलिअलि निकटता शेखर कोइराला र गगन थापासँग बढ्दै गइरहेको छ । उहाँहरुको बिचमा पटक पटक छलफल भएको छ । अमेरिकामा नक्कली भुटानी शरणार्थी पठाएको आरोपमा बालकृष्णलाई गत बैशाख २७ गते प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेपछि देउवाले त्यति रेसपोन्स गर्न छाडि सक्नु भएको थियो तर शेखर कोइरालाले उहाँलाई जेलमै गएर पटक पटक भेट्नुभएको थियो । अहिले आएर दुवै जनाको बिचमा सम्बन्ध राम्रो विस्तार भएको छ ।
तपाईको प्रतिक्रिया