लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीमा बिद्रोह गरी केन्द्रमा हङ्गामा गरि नै रहनु भएको थियो । लोसपाले पुस १४ गते लुम्बनीमा बोलाएको प्रदशको भेलामा पनि हङ्गामा गराउनु भएको छ । बैकठक चलिरहेकै बेला कपिलवस्तु जिल्लाका महतो निकट केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त)ले अवरोध सृजना गर्नुभएको थियो ।
लुम्बनी प्रदेश समितिको सो भेलामा वरिष्ट नेता राजेन्द्र महतोलाई बोलाइएको थिएन । लोसपाका अध्यक्ष महन्थ ठाकुर समूहका हरेक शीर्ष नेतालाई कार्यक्रमका लागि लुम्बनी बोलाइएको थियो तर महतोलाई बाइकट गरिएको थियो । त्यसपछि आफ्ना निकट नेतालाई भनेर त्यहाँ अवरोध सृजना गर्न लगाउनु भएको महन्थ ठाकुर समूहका नेताहरुको आरोप छ । लोसपाका केन्द्रीय सदस्य महेन्द्र गुप्ता भन्नुहुन्छ, ‘हामी यो जिल्लाका नेता हौं, तर बैठकको बारेमा हामीलाई कुनै जानकारी गराइएका छैन, समाजिक सञ्जालबाट जानकारी पाएपछि बैठकमा गएको तर त्यहाँ मलाई बोल्न नदिएपछि मुखमा पट्टी बाँधेर विरोध गरेको थिए ।’ राजेन्द्र महतोले भनेपछि तपाईल यस्तो गर्नुभएको हो भनि जिज्ञासामा उहाँले यस विषयमा राजेन्द्र महतोसँग कुनै पनि कुराकानी भएको छैन, यदि कसैले प्रमाणित गरे भने जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउनुभयो ।
उहाँले लोसपा लोकतान्त्रिक पार्टी भए पनि त्यहाँ सबै अलोकतान्त्रिक काम भएको आरोप लगाउनुभयो । आफूमाथि पार्टीका शीर्ष नेताहरुले पूर्वाग्रही व्यवहार गरेको आरोप उहाँले लगाउनुभयो । राजेन्द्र महतो नेतृत्वको तत्कालिन सद्भावना पार्टी हुँदै लोसपामा आउनु भएका गुप्ताले आफू महन्थ ठाकुरको साथमा काम नगर्ने स्पष्ट पार्नुभयो । राजेन्द्र महतोले नयाँ संगठन बनाएर अगाडि बढ्नुभयो भने आफूले उहाँलाई साथ दिने बताउनुभयो ।
सो कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता शरतसिंह भण्डारी, वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनल, महासचिव डा.सुरेन्द्र झा पनि सम्बोधनका लागि जाने तयारी थियो । तर मौसमका कारण जहाज नउडेपछि उहाँहरु जान पाउनु भएन । सो टिममा राजेन्द्र महतोलाई भनिएको थिएन । किनभने मंसिरको अन्तिम साता बसेको लोसपाको कन्द्रीय समितिको बैठकको क्रममा उहाँले पार्टीमा बिद्रोह गर्नुभएको थियो । अहिले उहाँ छुट्टै पार्टी खोल्ने तयारीमा लाग्नु भएको छ ।
तपाईको प्रतिक्रिया