राष्ट्रिय एकता अभियान नेपालले अभियानका वरिष्ठ नेता बीपी यादवको नेतृत्वमा पुस ६ गते तीनकुनेमा प्रदर्शन गरेको छ । प्रदर्शनकारीले क्रिश्चियन अतिवाद र चिनियाँ विस्तारवादलाई बढावा दिएको आरोप लगाउदै संस्कृति तथा नागरिक उड्डय मन्त्री सुदान किराँतीलाई बर्खास्त गर्न नेता यादवले माग गर्नुभएको छ ।
प्रदर्शनमा राष्ट्रिय विद्यार्थी परिषद्का महासचिव पप्पु यादव, राष्ट्रिय एकता अभियान युवा विभागका संयोजक दिवस पटेल, धीरज गिरी, अभियानका मधेस संपर्क समितिका संयोजक विनोद सिंह, मनोज सिंह, जयनारायण यादवलगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो । प्रदर्शनकारीले ‘क्रिस्चियन अतिवाद मुर्दावाद, चिनियाँ दलाली बन्द गर, किरात धर्मको रक्षा गर, किराँतहरूको धर्म परिवर्तन बन्द गर जस्ता नारा लगाएका थिए ।
राष्ट्रिय एकता अभियानले मन्त्री किराँतीले आफ्नो कार्यकालमा नेपालमा क्रिस्चियन धर्मको प्रचार प्रसार गरेको र चीनको हितमा राष्ट्रविरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ । सरकारले आफ्ना मागमा ध्यान नदिए आन्दोलनलाई सशक्त बनाउने चेतावनी समेत अभियानले दिएको छ । पछिल्ला केही वर्षयता नेपालमा क्रिश्चयन धर्मको प्रचार प्रसारलाई लिएर हिन्दू समूहमा असन्तुष्टि बढ्दै गएको छ । योसँगै चीनसँग नेपालको बढ्दो निर्भरतालाई लिएर पनि चिन्ता व्यक्त भइरहेको नेता बीपी यादवले दावी गर्नुभयो ।


तपाईको प्रतिक्रिया