वामपन्थी गठबन्धन सरकारको पहिलो उपहार चीनलाई

 काठमाडौँ फागुन २२ गते । वापपन्थी गठबन्धनको सरकारले पहिलो उपचार चीनलाई दिएको छ । लुम्बिनी प्रदेश सरकारमा हुने तय भएको लोरेट्स एण्ड लिडर्स शिखर सम्मेलन स्थगित गराएर वामपन्थी गठबन्धन सरकारले चीनलाई उपहार दिएको टिप्पणी भइरहेको छ ।
चीनको दबाब र प्रभावमा गठन भएको वामपन्थी गठबन्धन सरकारले पूर्णता नपाउँदै लुम्बनीमा फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन स्थगित गरेको छ । विभिन्न देशमा शान्ति नोवेल पुरस्कारसहित विभिन्न अन्तर्राष्ट्रिय व्यक्तिको उपस्थितिमा हुने सो शिखर सम्मेलनलाई चीनले सुरुदेखि नै स्थगित गराउन कसरत गरिरहेको थियो ।
त्यतिबेला नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री प्रचण्डदेखि लिएर विभिन्न सरकारी अधिकारीलाई भेटेर सो कार्यक्रम स्थगित गराउन निकै मेहनत गर्नुभएको थियो । तर माओवादीका अध्यक्ष प््रचण्डको चाहदा चाहदै पनि काँग्रेसले लुम्बनीमा िसो कार्यक्रम गराउन अडानमा थियो ।
सो सम्मेलन आयोजक समितिको संयोजक निवर्तमान परराष्ट्रमन्त्री एनपी साउद हुनुहुन्थ्यो । सो कार्यक्रममा निवर्तमान अर्थमन्त्री प्रकाशरण महतको पनि जोड थियो । काँग्रेसका नेतृ आरजु देउवा राणा पनि कार्यक्रम सफल बनाउन लागि पर्नुभएको थियो ।
तर अन्य कम्युनिष्ट पार्टीहरु त्यसको विरोधमा थिए । लुम्बनी प्रदेश सरकारमै रहेका माओवादीका नेताहरु सो कार्यक्रमको विरोध गर्नुभएको थियो । सबै विरोधलाई चिर्दै काँग्रेसका मुख्यमन्त्री डिल्ली चौधरीले कार्यक्रम जसरी पनि गर्ने जवर्जस्ती अगाडि बढ्नु भएको थियो ।
त्यसबाट चिनियाँ राजदूत खुश हुनुहुन्थेन । यो शिखर सम्मेलनप्रति चीनको सुरुदेखि नै चासो थियो ।  नोवेल पुरस्कार विजेता दलाई लामा पनि सो कार्यक्रममा आउने भएपनि चीन झन चिढिएको थियो ।
चीनको दबाबका कारण तीन दिनको कार्यक्रमलाई दुई दिन गरेको थियो । चीनको मुख्य चासोको दिन मार्च १० गतेको कार्यक्रमलाई स्थगित गरेको थियो । सो सम्मेलन तीन दिनका लागि तय थियो । मार्च १०, ११ र १२ (फागुन २७, २८ र २९ गते) का लागि तय भएको थियो ।
चीनको प्रयासका कारण मार्च १० को कार्यक्रमलाई हटाएर ११ र १२ मार्चका लागि मात्र तय भएको थियो ।
फागुन २७ गते अर्थात मार्च १० मा तिब्बतका शरणार्थीहरुले ‘तिब्बतीयन अपराइजिङ् डे’ मनाउने गरेका हुनाले त्यो दिनलाई चीनले संवेदनशिल दिनको रुपमा लिएको छ । सोही दिनमा लुम्बनी सरकारले दलाई लामालाई ल्याएर कार्यक्रम गर्ने भएपछि चीन निकै रिसाएको थियो
लुम्बिनीमा हुन गइरहेको यो चौथो सम्मेलनमा १० जना जना नोबेल पुरस्कार विजेता आउने कुरा घोषण गरेको थियो । तर नौ जनाको नामम सार्वजनिक गरेपनि एक जनाको नाम गोप्य राखेको थियो । त्यो एक जना दलाई लामा नै रहेको चीनको बुझाई छ ।
त्यसमध्ये सन् २०१४ मा नोवेल पुरस्कार विजेता कैलाश सत्यार्थी जो भारतका हुनुहुन्छ । यो सम्मेलनको संयोजन पनि उहाँले नै गर्नुभएको थियो । सत्यार्थीलाई दलाइ लामा निकट मानिन्छ । सत्यार्थीले दलाई लामालाई जसरी पनि सम्मेलनमा ल्याउन चाहनु भएको थियो । त्यो कुरा चीनलाई मान्य थिएन ।
लोरेट्स एण्ड लिडर्सको हेडक्वाटर अमेरिकामा रहेको छ । अमेरिकामा रहेको सो संस्थाले नेपालमा दलाई लामालाई कार्यक्रम गरिरहेको छ । त्यसको संयोजक कैलाश सत्यार्थी गरिहनु भएको छ । त्यसले चीनलाई झन सशंकित बनाएको थियो । मार्च १० का दिन तिब्बतीहरुले चीनको विरुद्धमा केही हरकत गर्न सक्छ भनि शंका चीनको थियो । त्यही भएर त्यो कार्यक्रम स्थगित गराउनका लागि सम्पूर्ण बल लगाइ सकेको थियो ।
काँग्रेस–माओवादी गठबन्धनमा त्यो सम्भव भइरहेको थिएन । वामपन्थी गठबन्धनको सरकार बनेपछि मात्र त्यो सम्भव भयो र आज लुम्बनी प्रदेशका सरकारले त्यो कार्यक्रम स्थगित गरेको छ ।

तपाईको प्रतिक्रिया