लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

काठमाडौँ फागुन २८ गते । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको लोसपाका अधयक्ष महन्थ ठाकुरले जानकारी गराउनु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते संसदमा विश्वासको मत लिँदैछ । संसदमा लोसपाको चार जना सांसद छन् ।

त्यसैगरि लोसपाले राष्ट्रिय सभा अध्यक्षको चुनावमा नेपाली काँग्रेसको उम्मेदवार मतदान गर्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया