Khadya Bibhag

उपेन्द्र यादवले भन्नुभयो, ‘पार्टीमा भएको घटना दुखद हो, पार्टी अगाडि बढ्छ महाधिवशेन हुन्छ’

काठमाडौँ बैशाख २५ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा भएको घटना दुखद हो, तर यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
उपप्रधान तथा स्वास्थ्य मन्त्री रहनु भएका अध्यक्ष यादवले पार्टी अझ सशक्त रुपले अगाडि बढ्छ र पार्टीको निर्णय अुनसार महाधिवेशनको प्रकृया आगाडि बढ्ने बताउनुभयो ।
अबेर राती अमेरिकाबाट फर्किनु भएका अध्यक्ष यादवले पार्टीको महाधिवेशनको प्रकृया अगाडि बढी सकेको छ, प्रकृया अगाडि बढ्छ र तोकिएको समयमा महाधिवेशन हुने बताउनुभयो ।
जनसँख्या सम्बन्धी एक कार्यक्रममा भाग लिन अमेरिका पुग्नु भएका अध्यक्ष यादव कतार हुँदै आज राती नेपाल फर्केका छन् ।
जसपाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । त्यसको तयारी चलिरहेको बेला अशोक राइको नेतृत्वमा पार्टी विभाजन भएको छ । अशोक राईले जनता समाजवादी पार्टी नामको पार्टी निर्वाचन आयोगमा दर्ता गराई सक्नु भएको छ ।
जसपा नेपालमा १२ जना सांसद छन् । त्यसमध्ये सात जना सांसदले अशोक राइलाई साथ दिनु भएको छ भने पाँच जना उपेन्द्र यादवको साथमा रहनु भएको छ । अध्यक्ष यादवले पार्टीको बारेमा छलफल गर्नका लागि शीर्ष नेताहरुलाई पार्टी कार्यालयमा बोलाउनु भएको छ ।

तपाईको प्रतिक्रिया