Khadya Bibhag

फिल्ममा लगानी बढ्दै हल बन्द हुँदै

नेपालमा ठूला ठूला मल्टिपेल्क्स खुले पनि थुप्रै सिनेमा हल बन्दको अवस्थामा छ । एकातिर फिल्म बन्ने र त्यसमा लगानी गर्ने बढेको छ भने अर्कोतिर सिनेमा हलको सँख्या घट्दै गइरहेको छ । काठमाडौँ उपत्यकाका एक समयका चलनचल्तीका सिनेमा हलहरु कुमारी, गोपीकृष्ण, जयनेपाल, गुण सिनेमा, हिरारत्न, गंगा, सिद्धार्थ, शिवदर्शन, मनकामना जस्ता हलहरु बन्द भइसकेका छन् । यो उपत्यकाका मात्र भए, उपत्यका बाहिरका साना साना शहरका हलहरु पुरै बन्द भएका छन् । सिरहा, गोलबजार, लालबन्दी, बर्दिवासका हलहरु बन्द अवस्थामा छन् । झापा, मोरङ, जनकपुर, चितवन, तनहुँ, पाल्पा, बागलुङ, दाङ, रुपन्देही, पर्वत, धनकुटा, धनुषाका अधिकाँश हलहरु बन्द अवस्थामा छन् ।

तीहरुमा कतिपयमा गोदाम बनाएर राखेका छन् भने कतिपयमा स्कुल सञ्चालन भएका छन् । कतिपय हललाई पार्टी प्यालेस बनाएर सञ्चाल गरिरहेको छ । चलचित्र विकास बोर्ड मातहत हल अनुगमन समितिका संयोजक राजु केसीका अनुसार समितिले हलको मात्र नभएर बक्स अफिस अनुगमन पनि गर्ने गरेको छ । हलको अनुगमन महिनामा एकचोटी हुने गरेको छ । काठमाडौंमा सिंगल थिएटर खासै नभएको हुनाले अहिले हलमा धेरै परिवर्तन भईसेकका छन् ।

कुनै जमाना थियो, काठमाडौंका हल एकएक गरी नियाल्नु पर्ने हुन्थ्यो तर अहिले समयले त्यो सबै पविर्तन गरिदिएको छ । मोफसलका हलमा अझ पनि धेरै कुराहरु सुध्रानु पर्ने उहाँको भनाई छ । देशैभरी गरेर अहिले ८० वटा जति हल सञ्चालनमा छन् । बन्द कति भएका छन् त्यसको तथ्यांक नै छैन । हलहरु वर्गीकरण गर्ने कुरामा अहिलेसम्म टुङ्गो लागेको छैन ।

अहिलेसम्म वर्गीकरण गरिएको छैन । संयोजक केसीले अब बिस्तारै हल र चलचित्र दुवैको वर्गीकरण गर्नुपर्छ भन्ने कुरा सम्बन्धित निकायमा राखिएको बताउनुभयो । हलहरु राति ११ बजेसम्म सञ्चालल गर्ने अनुमती भएको बताउँदै संयोजक केसीले राति ११ पनि चलचित्र प्रदर्शन गर्नुपरे शान्ति सुरक्षाको व्यवस्था सुनिश्चत हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नुपरे प्रदर्शन गर्नु अगावै बोर्डलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

केही हप्ता पहिला लुम्विनी र गण्डकी प्रदेशमा हल अनुगमन गरेर आउनुभएका चलचित्र बिकास बोर्डका प्रशासनिक प्रमुख दिनेश बानियाँ हलहरुले कर तिरेको छ कि छैन र हलको नविकरण गरेको छ कि छैन भनेर अनुगमन गर्दा दुईचारवटा बाहेक मापदण्ड अनुसार सबै हलहरुले कर तिरेको पाइएको बताउनु भयो । उहाँका अनुसार मल्टिपेल्क्सले गर्दा सबै हलहरुको अवस्था राम्रो रहेको छ । लगानी राम्रो गर्न नसकेर अहिले केही हलहरु बन्द भएका छन् । अहिले पनि अत्याधुनिक सुविधासम्पन्न नभएका हललाई केही अफ्ठ्यारो हुने गरेको छ ।

तपाईको प्रतिक्रिया