Khadya Bibhag

जसपा निर्माणका लागि अशोक राइले प्रस्तुत गर्नुभयो सात बुँदे योजना

काठमाडौँ असार १२ गते । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर जनता समाजवादी पार्टी नेपाल गठन गर्नुभएका अशोक राइले आफ्नो संगठन निर्माणका लागि विभिन्न सात बुँदे योजना प्रस्ताव गर्नुभएको छ ।

अशोक राइ नेतृत्व जसपाको आज बसेको केन्द्रिय समितिको बैठकमा अध्यक्ष राइले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । सो प्रतिवेदनमा आफ्नो पार्टीको संगठन निर्माणका लागि सो प्रस्ताव गर्नुभएको हो ।

यस्ता छन् सात बुँदे योजना

१. पुरानो समितिको अध्यक्षसहित सबै सदस्य वा बहुमत जनता समाजवादीतिर आएमा बैठकद्वारा निर्णय गरेर कमिटी रुपान्तरणको कार्यक्रम गरी अगाडि बढ्ने ।

२. अध्यक्षसहित अल्पमत वा अध्यक्ष बाहेक अन्य पदाधिकारी र सदस्यहरू आएमा समिति पुनर्गठनको कार्यक्रम गरी अगाडि बढ्ने ।

३. प्रदेश समिति, राष्ट्रिय समिति, जिल्ला वा पालिका समिति, वडा तथा अन्य समन्वय समितिहरूको रुपान्तरण वा पुनर्गठनका साथमा आधारभूत तथा संगठित सदस्यता पनि रुपान्तरण गर्ने वा नयाँ वितरण गर्ने दुवै काम विधान अनुरूप गर्ने ।

४. रुपान्तरित समितिहरूलाई पार्टी विभाजनको कारण, घोषणा पत्र, विधान, नियमावली परिपत्र आदि बारेमा बुझाउने र त्यस अनुरूप सदस्यताको अभिलेख राख्न लगाउने ।

५. यो अभियान भाद्र महिनाभरिमा सक्नु पर्नेछ ।

६. भ्रातृरभगिनी संगठनहरूको हकमा पनि केन्द्रीय समितिहरू रुपान्तरत वा पुनर्गठन गर्ने काम सकेसम्म छिटो सकेर तल्लो तहतिर संगठित गर्ने योजनासहित परिचालित गर्ने ।

७. भ्रातृरभगिनी संगठनहरूको हकमा पनि विधि विधानलाई ध्यान दिँदै सदस्यता रुपान्तरित गरेर साथै विस्तार गरेर अभिलेख व्यवस्थित गर्न लगाउनु पर्छ । युवा, विद्यार्थीहरूले आजको अवस्थादेखि नै विचारशील, विवेकशील अनुशासित र कुशल संगठन र व्यवस्थापक बन्न सिकुन् भन्ने कुरामा हाम्रो ध्यान जान जरुरी छ । हतारको काम लतार पतार भने झैँ नगरौँ तर ढिलासुस्ती र अल्छी पनि नबनौँ । यस बारेमा हाम्रो ध्यान जानु जरुरी छ ।

तपाईको प्रतिक्रिया