काठमाडौँ असार १९ गते । नेकपा एमालेले माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्र लेख्नु भएको हो ।
पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा (एमाले)को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा हालसम्म सरकारलाई दिँदै आएको समर्थन आजैको मितिदेखि लागू हुने गरी फिर्ता गरिएको छ ।’
बुधबार साँझ बालुवाटार पुगेर एमालेका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।
तपाईको प्रतिक्रिया