काठमाण्डौ, असार २४ गते । बीआरआईको नाममा भएको चिनियाँ हस्तक्षेपविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा राष्ट्रिय एकता अभियानको नेतृत्वमा प्रदर्शन भएको छ ।
प्रदर्शनमा २५० भन्दा बढी सहभागिता थिए । प्रदर्शनको नेतृत्व राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले गर्नुभएको थियो भने संसदीय उपसमितिका अध्यक्ष राजेन्द्र कुमार लिङ्देनले समेत कार्यक्रममा उपस्थित भएर आन्दोलनकारीको माग सुन्नुभयो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल केन्द्रित धर्ना कार्यक्रम पोखरा विमानस्थल अगाडि अभियानका जिल्ला उपाध्यक्ष एवं कार्यक्रम संयोजक टिका कुमारी छिरिङको नेतृत्वमा सम्पन्न भएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन गर, विमानस्थलमा भएको भ्रस्टाचारको छानवीन गर, बीआरआई ऋणलाई अनुदानमा परिणत गर, भन्ने उद्घोषका साथ भएको धर्नामा विमानस्थल सम्बन्धी संसदीय छानविन उपसमितिका संयोजक राजेन्द्र लिङ्देन पुगी आन्दोलनकारीहरूको माग र सुझाव सुनी एक्यबद्धता जनाउँदै सम्बोधन गर्नुभएको थियो ।
राष्ट्रिय एकता अभियानका केन्द्रीय संयोजक विनय यादवले धर्ना कार्यक्रमलाई सम्बोधन गरी ज्ञापन पत्र संसदीय छानवीन उपसमितिका संयोजक राजेन्द्र लिङ्देनलाई बुझाउनु भएको थियो।
संयोजक यादवले लिङ्देनलाई सम्बोधन गर्दै भन्नुभयो, ‘श्रीलङ्काको हम्बनटोटा बन्दरगाह र पाकिस्तानको ग्वादर बन्दरगाहजस्तै चीनले पोखरा विमानस्थललाई आफ्नो कब्जामा लिन चाहन्छ, जुन भू–राजनीतिक दृष्टिकोणले महत्त्वपूर्ण छ । नेपालले चीनलाई उच्च ब्याजदरको ऋण फिर्ता गर्न सक्दैन । विमानस्थलको निर्माणको क्रममा निष्पक्षता, षड्यन्त्र र भ्रष्टाचारको अनुसन्धान गर्न आवश्यक छ । उच्च ब्याजदरको ऋण अनुदानमा रूपान्तरण गर्नुपर्छ र विमानस्थललाई सही ढंगले सञ्चालन गर्नुपर्छ।
धर्नामा ूपोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चिनियाँ ऋणजालबाट मुक्त गर । राष्ट्रिय स्वाधीनताको रक्षा गर । बीआरआई समझौता खारेज गर । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण संचालन गर । विमानस्थलमा भएको भ्रष्टाचारको छानवीन गर। बीआरआई ऋणलाई अनुदानमा परिणत गर जस्ता नाराहरू पनि लागेका थिए।
यादवको मागप्रति लिङ्देनले पोखरावासीको मागमा ऐक्यबद्धता देखाउँदै यस विषयमा पूर्ण सहयोग गर्ने आश्वासन दिनुभयो । अभियानले थप रूपमा ऋण स्थिति, संचालन दक्षता, पूर्वाधार सुधार, पर्यावरणीय प्रभाव, स्थानीय संलग्नता, नियमावली पालन, सुरक्षा, भ्रष्टाचार, र प्राविधिक समस्या जस्ता मुद्दाहरूलाई सम्बोधन गर्न माग गरेको छ । साथै, चिनियाँ राजदूत चेंग सोङले पोखरा विमानस्थललाई बीआरआईको हिस्सा भनेर बताएपछि, बीआरआई विरोधी देशहरूले पोखरा विमानस्थलको प्रयोग नगर्ने स्थिति सिर्जना भएकोले चीन सरकारबाट औपचारिक पत्रको माग गरी पोखरा विमानस्थल बीआरआईको हिस्सा नभएको स्पष्ट पार्न आवश्यक रहेको अभियानले जोड दिएको छ ।
तपाईको प्रतिक्रिया