Khadya Bibhag

ओलीसँग उपेन्द्र र अशोक एक साथ ‘इङ्गेज’

जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभाजनको सम्पूर्ण दोष माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लगाउनु भएको छ । तर पार्टी विभाजनको ‘डिजनाइनर’ एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली रहनु भएको कुरा अध्यक्ष यादवले स्विाकर गर्ने पक्षमा देखिनु भएको छैन ।
अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहेको बेला पार्टी विभाजन हुनु र सिन्धुलीको एउटा कार्यक्रममा पार्टी विभाजनको बारेमा कार्यक्रममा अभिव्यक्ति दिनुलाई आधार मानेर जसपा नेपालका अध्यक्ष यादवले प्रचण्डमाथि सम्पूर्ण दोष थुपार्नु भएको छ । तर जसपा नेपाल विभाजनमा प्रचण्डको कुनै हात छैन, सारा योजना बनाउने र त्यसलाई साकार पार्ने काम प्रधानमन्त्री ओलीले गर्नुभएको स्रोतहरुले दावी गरेका छन् ।
यो कुरा जसपा नेपालबाट अलग भएको अशोक राइ नेतृत्वको जसपालाई सरकारमा लिएर पुष्टि भएको छ । यदि पार्टी विभाजनमा प्रधानमन्त्री प्रचण्डले साथ दिएको भए अशोक राइहरु ओलीलाई होइन प्रचण्डको साथमा रहनु हुन्थ्यो । तर उहाँहरु ओलीलाई साथ दिनुभएको छ । तर अच्चम आफ्नो पार्टी विभाजनमा प्रचण्डको हात रहेको भन्दै उहाँ पनि प्रधानमन्त्री ओलीको साथमा रहनु भएको छ । जसपाका अध्यक्ष अशोक राइ जस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि प्रधानमन्त्री अ‍ोलीमाथि विश्वास गरि रहनु भएको छ ।
प्रधानमन्त्री ओली पनि उपेन्द्र यादव र अशोक राइसँग इङ्गेज हुनुहुन्छ । दुवैलाई विश्वासमा लिनुभएको छ । भदौं १३ गते सर्वोच्च अदालतमा विचाराधिन रहेको जसपा नेपाल विभाजनको मुद्दा विचाराधिन छ । सो मुद्दामा ओलीले सहयोग गर्नुहुन्छ भनि विश्वास उपेन्द्र र अशोक दुवै जनाले गर्नुभएको छ । र, प्रधानमन्त्री ओलीले पनि दुवै जनालाई आश्वासन दिनुभएको छ । त्यही आश्वासनको कारण उपेन्द्र यादव र अशोक राइले उहाँमाथि विश्वास गर्नुभएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अ‍ोली नेतृत्वको सरकारलाई समर्थन गर्नुभएको छ ।
आवश्यक पर्यो भने उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि सो सरकारमा सहभागी हुनसक्छ । जसपा नेपालले अहिले पनि माओवादीका अध्यक्ष प्रचण्डको आलोचना गर्नुहुन्छ तर एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको बारेमा केही बोल्नु भएको छैन, कुनै विरोध गर्नुभएको छैन त्यसको कारण हो, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लाग्छ कि प्रधानमन्त्री अ‍ोलीलाई आफूलाई साथ दिनुहुन्छ ।

तपाईको प्रतिक्रिया