नेपाल सद्भावना पार्टी हुँदै विभिन्न राजनीतिक दलको नेतृत्वदायी भूमिका निर्वाह गर्दै राजेन्द्र महतोले पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टीबाट विद्रोह गरेर आफ्नै नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्नुभएको थियो । २०८० फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेपछि पुरै तामझामका साथ अभियान सञ्चालन गर्नुभयो । हिमालदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म आफ्नो संगठन पुर्याउनुभयो । बहुलवादका लागि आन्दोलन गर्ने भनि विभिन्न खालका आन्दोलनका कार्यक्रम पनि उहाँले घोषणा गर्नुभयो । एक दुई चरणमा आन्दोलन पनि भयो ।
तर अभियानको नौ महिना नपुग्दै कात्तिक ९ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभयो । राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामको पार्टी दर्ता गर्ने भनि निवेदन दिँदा निर्वाचन आयोगले क्रान्ति शब्द हटाउन आग्रह गर्यो । क्रान्ति शब्द नहटाएसम्म पार्टी नै दर्ता नहुने आयोगले भनेपछि बाध्य भएर क्रान्ति शब्द हटाएर राष्ट्रि मुक्ति पार्टी बनाउनुभयो । क्रान्ति हटाएपछि अहिले राजेन्द्र महतोको आलोचना भइरहेको छ । विभिन्न पार्टी छाडेर राष्ट्रिय मुक्तिका लागि क्रान्ति गर्न हिड्नु भएका राजेन्द्र महतो निर्वाचन आयोगका अगाडि टिक्न सक्नु भएन ।
राजेन्द्र महतोले आयोगको सामु घुँडा टेकेको टिप्पणी गर्दै आउने दिनमा अझै यस्ता उल्झन तथा अड्चनहरु आउँछन् ती सबैलाई उहाँले कसरी फेस गर्नुहुन्छ भनि टिप्पणी भइरहेको छ । मधेश आन्दोलनपछि मधेशी जनअधिकार फोरम नेपाल दर्ता गराउन जाँदा मधेश शब्द राख्न मानेको थिएन । मधेश शब्द हटाउन आयोगले आग्र्रह गरेको थियो तर त्यतिबेला फोरमका नेताहरुले मानेका थिएनन् । बरु पार्टी दर्ता नहोस् तर आफूहरुले जेका लागि आन्दोलन गरेको त्यही नै पार्टीमा नरहने भएपछि पार्टी दर्ता गराउनुको अर्थ नरहने भन्दै अडान लिएका थिए । निर्वाचन आयोग बाध्य भएर पार्टी दर्ता गर्न बाध्य भएको थियो ।
यस्ता थुप्रै उदहारणहरु छन् । तर ठूलो उद्देश्यले क्रान्ति गर्न हिड्नु भएका राजेन्द्र महतोका लागि पहिलो गाँसमा ढुगां जस्तो भएको छ । विगतका मधेश आन्दोलनमा सक्रिय रहेका नेता बीपी यादवले पनि राजेन्द्र महतोले क्रान्ति शब्द छाडेकोमा आलोचना गर्नुभएको छ । बृषेशलाल अध्यक्ष रहेको तराई मधेस लोकतान्त्रित पार्टीको चुनाव चिन्ह कलश छाप लगायत १९ बटा पार्टीलाई विगतमा नाम सुधार गर्नुस् यानी मधेसी शब्द राख्न पाउँदैन भनेको थियो तर अध्यक्ष लालले पनि अडान लिएर आफ्नो नाम स्थापित गर्नुभएको नेता यादवले बताउनुभयो ।
मधेशी जनबिद्रोहपछि मधेसी जनअधिकार फोरम, नेपाल दर्ता गरेको थियो, त्यतिबेला पनि मधेश शब्द राख्न मानेको थिएन तर मधेशी युवाले आन्दोलन गर्ने चेतावनी दिएपछि मात्र मधेश शब्द राख्न बाध्य भएको नेता यादवले बताउनुभयो । जो विषयलाई लिएर मधेश जनबिद्रोह भयो त्यही शब्द हटाउन मिल्दैन भनि आफूहरुले अडान लिएको बताउँदै उहाँले भन्नुभयो, ‘उपेन्द्र यादव बाहिर हुनुहुन्थ्यो उहाँलाई कसले भनिदिएको थियो कि मधेशी जनअधिकार फोरम नेपाल दर्ता हुँदैन अनि उहाँले सिरहाका भोगेन्द्र ठाकुरको अध्यक्षतमा अर्को पाटी दर्ता गराउनु भएको थियो ।’ यदि त्यतिबेला उपेन्द्र यादवको कुरा मानेको भए अहिले उहाँको नामसम्म कसैलाई याद हुँदैन्थ्यो भन्दै नेता बीपी यादवले मधेशी जनअधिकार फोरम पनि दर्ता भएको थियो ।
त्यसपछि महन्थ ठाकुरको नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी पनि दर्ता भएको थियो ।
राष्ट्रिय मुक्ति क्रान्ति अभियानको ब्यानरमा राजेन्द्र महतोले सडक आन्दोलन गर्नुभाये त्यस पछि निर्वाचन आयोगमा पार्टी दर्ताको बेला क्रन्ति शब्दप्रति निर्वाचन आयोगले आपति जनाएर हटाइ दियो, नेता यादव भन्नुहुन्छ, ‘भोलीको दिनमा महतोलाई दिनेश थपलिया भन्न सक्छ दाढी कटाई र धोती घरमा राखेर आउनु नेपाली ड्रेस वा टाई सुटमा आउनु के गर्ने ? मान्दै जाने हो ।’ उहाँले भन्नुभयो, ‘आयोगको यो रवैयाप्रति राजेन्द्र महतोले केही समय संघर्ष गर्नुपथ्र्यो पार्टी दर्ता गराउन उहाँलाई के हतार थियो २०८४ आउन त अझै धेरै बाँकी छ ।’
तपाईको प्रतिक्रिया