Khadya Bibhag

विवाहपञ्मीः विवाहको मटकोर विधि सम्पन्न

जनकपुर मंसिर २० गते । जनकपुरमा सुरु भएको विवाहपञ्चमी महोत्सव अन्तर्गत आज गंगासागरमा सीताको मटकोर विधि सम्पन्न भएको छ । विवाहको अघिल्लो दिन नजिकैको जलाशयमा गएर मटकोर विधि गरिन्छ । सोही अनुसार गङ्गाासागरमा प्रत्येक वर्षझैं यसवर्ष पनि हर्षोउल्लासका मटकोर विधि सम्पन्न गरेको छ ।
मटकोरमा श्रद्धालु महिलाहरुले कलश शिरमा राखेर गंगासागरको किनारमा गएर वैद्धिक परम्परा अनुसार सीताको पिताको भूमिका निर्वाह गरिरहेका जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले विधिपूर्वक सीताको मटकोर गर्नुभएको छ ।
आइतबारदेखि सुरु भएको साताव्यापी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तोस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर र छैटौं दिन शुभविवाह सम्पन्न हुन्छ ।

तपाईको प्रतिक्रिया