Khadya Bibhag

विकासका लागि तिनै तहका सरकारको सामुहिक प्रयासमा कृषिमन्त्री अधिकारीको जोड

काठमाडौं पुस ७ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकासका लागि संघ ,प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेको वताउनूभएको छ । सातवटै प्रदेशका कृषि मन्त्रीहरूको उपस्थितिमा आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा वसेको विषयगत समितिको १० औं बैठकको अध्यक्षता गर्दे मन्त्री अधिकारीले राज्यको क्षमताले भ्याउने गरि योजना वनाउनुपर्ने र कार्यन्वयनलाई प्रभावकारी वनाउन पर्नेमा जोड दिनुभयो । बाँझो रहेका जग्गामा खेती गर्ने व्यवस्था गर्ने गरि स्थानीय तह मार्फत कानुन तथा कार्यविधि वनाई लागू गर्न आवश्यक रहेको छ , भन्दै मन्त्री अधिकारीले यसका लागि प्रदेश र संघिय सरकारले सर्शत र विशेष अनुदान उपलब्ध गराउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।
मन्त्री अधिकारीले मध्य पहाडी क्षेत्रमा फलफुलको सम्भावना रहेको र यसका लागि तिनै तहले योजना वनाउन आवश्यक रहको छ , भन्नुभयो । विदेशवाट फर्किएकाहरुलाई स्वदेशमै कृषि क्षेत्रमा लगाउने आधार वनाउने गरि काम गर्न पनि मन्त्री अधिकारीले आग्रह गर्नुभयो ।
बैठकमा सातै प्रदेशका कृषि सँग सम्वन्धित सचिवहरुले प्रदेशमा कृषि क्षेत्रको हालको अवस्था बारे प्रस्तुती गर्नुभएको थियो भने प्रदेशमन्त्रीहरुले आ–आफनो धारणा व्यक्त गर्नुभएको थियो । बैठकमा यस अघि वसेको नवौ बैठकले गरेका निर्णय कार्यन्वयनको समिक्षा भएको थियो । बैठकमा राष्ट्रिय किसान आयोगका अध्यक्ष , गाँउपालिका महासंघका अध्यक्ष , मन्त्रालयका सचिव , सह–सचिव, प्रदेश कृषि सचिवहरु सँगै आयोजना प्रमुख , महाशाखा प्रमुखहरूको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया