Khadya Bibhag

जसपा नेपालले कार्यकारिणी समितिको बैठकबाट गर्यो यस्तो निर्णय

काठमाडौँ माघ २१ गते । जनता समाजवादी पार्टी नेपालले विभिन्न निर्णय गर्दै कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ ।
ललितपुरको बालकुमारीस्थति पार्टीका कार्यालयमा शनिवारदेखि सुरु भएको बैठक आज सम्पन्न भएको छ । पाँचथरको केबुलकारबाला घटनालाई संवादमार्फत समाधान गर्न सरकारलाई बैठकले आग्रह गरेको छ ।
त्यस्तै संसदमा पेस अध्यादेशको बारेमा अध्ययन गर्ने जिम्मेवारी पार्टीको संसदीय दललाई दिने निर्णय भएको सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी गराउनुभयो । अध्यादेशमा भूमी सम्बन्धी अध्यादेश र समाजिक सञ्जाल सम्बन्धी अध्यादेशमा जसपा नेपालको चासो रहेको छ त्यसको बारेमा विस्तृत अध्ययन गरी पार्टीलाई जानकारी गराउन प्रतिनिधिसभा र राष्ट्रियसभाको पार्टी संसदी दललाई जिम्मेवारी दिएको छ ।
त्यस्तै केन्द्रीय सदस्यको रुपमा तीन जनालाई मनोनय पनि बैठकले गरेको छ । उदयपुरका खेमनारायण यादव (राहुल), भक्तपुरका दिलबहादुर लामा र बाराका आत्मराम साहलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।
पार्टीबाट प्रमोद साह, कृष्णकुमार यादव र बोम दर्लामी मगरले दिनु भएको राजिनामा स्विकृत गरिएको छ । प्रदेश इन्चार्जमा हेरफेर गरिएको छ । लुम्बिनी प्रदेशको इन्चार्जमा महासचिव रामकुमार शर्मालाई जिम्मेवारी दिएको छ । यसअघि पार्टीका उपाध्यक्ष राजकिशोर यादव लुम्बिनी प्रदेशका इन्चार्ज हुनुहुन्थ्यो ।
कर्णाली प्रदेशको इन्चार्जमा वीरबहादुर नेपाली र सुदुरपश्चिम प्रदेशको इन्चार्जमा गोविन्द्र चौधरी थिए, थपमा प्रेमचन्द्र झालाई पनि पठाइएको छ ।
त्यसैगरि, काठमाडौमा रहेका मधेशीलाई गोलबन्ध गर्नका लागि काठमाडौँ उपत्यका विशेष समिति बनाउने निर्णय बैठकले गरेको छ । सो बनाउने जिम्मेवारी राजकिशोर यादव, खालिद सिद्धिकी, मनिष सुमन र शैलेन्द्र साहलाई जिम्मेवारी दिएको छ ।
जसपा नेपालले फागुन १९ र २० गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । केन्द्रीय समितिको बैठकसम्म जनतासँग जसपा नेपाल अभियानलाई जारी राख्ने पनि निर्णय बैठकले गरेको छ । अभियानको समयअवधि माघमसान्तसम्म मात्र छ ।

तपाईको प्रतिक्रिया