Khadya Bibhag

ममता बनिन् महामण्डलेश्वर

बलिउड फिल्मका चर्तित नायिका ममता कुलकर्णीले अध्यात्मतर्फको बाटो अपनाएकी छिन् । विभिन्न सुपरहिट फिल्म दिएर चर्चा कमाएकी कुलकर्नी महामण्डलेशवर बनेपछिसनातन धर्मका गुरुहरु आपत्ति जनाएका छन् । महाकुम्भ–२०२५ फिल्म अभिनेत्री ममता कुलकर्णी महामण्डलेश्वर बनेपछि सनातन धर्मका नेताहरूमा असन्तुष्ट छन् । उनीमाथि अन्डरवल्र्डसँग सम्बन्ध राखेको र धार्मिक परम्परालाई बेवास्ता गरेको आरोप छ । धार्मिक परम्परालाई बेवास्ता गरेर आफूलाई महामण्डलेश्वर बनाएको आरोप सनातन धर्मगुरुहरुको छन् ।
यता किन्नर अखाडाले सबै प्रक्रियाहरू पुरा गरेर मात्र ममता महामण्डलेश्वर बनेकी दावी गरेको छ । ममताले माघ ११ गते अर्थात जनवरी २४ तारिखका दिन किन्नर अखाडामा सन्यास लिएकी थिइन् । अखाडाका आचार्य महामण्डलेश्वर डा. लक्ष्मी नारायण त्रिपाठीले उनलाई अभिषेक गरेर महामण्डलेश्वर बनाउनुभयो र नयाँ नाम श्रीयमाई ममतानन्द गिरी राखियो । यसपछि विवाद सुरु भएको हो । ममतामाथि अन्डरवल्र्डसँग सम्बन्ध रहेको समेत आरोप लागेको छ । शाम्भवी पीठाधीश्वर स्वामी आनन्द स्वरूपले भने– ‘ममता कुलकर्णीमाथि अन्डरवल्र्डसँग सम्बन्ध रहेको आरोप छ । त्यसबाट उनी मुक्त भइन् कि भइनन्, मलाई थाहा छैन, तर उहाँ महामण्डलेश्वर बन्नु अनुपयुक्त मात्र होइन आपत्तिजनक छ ।’
किन्नर अखाडा एक नक्कली विश्वविद्यालय हो जसले अवैध डिग्रीहरू वितरण गरिरहेको आरोप छ । लक्ष्मी नारायण त्रिपाठीलाई सन्यास दिने अधिकार नरहेको सनातन धर्मका गुरुहरु भनिरहेका छन् । यो प्रकृयाले सन्यास दिँदा सनातनहरुलाई चित्त दुखाउने छन् भनि धारणा राखेका छन् । धार्मिक भावनामा चोट पु¥याएको आरोपमा अखाडा विरुद्ध मुद्दा चलाउने पनि भनिएको छ । यदि भविष्यमा उनलाई कुनै धार्मिक कार्यक्रममा आमन्त्रित गरियो भने त्यसमा आफूहरु नआउने चेतावनी पनि उनीहरुले दिएका छन् ।

तपाईको प्रतिक्रिया