मिति: २०८१/११/१५
प्रेस विज्ञप्ति
मिति २०८१ फागुन १२ र १३ गते दुई दिनसम्म पार्टी अध्यक्ष श्री राजेन्द्र महतोको अध्यक्षतामा काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका सबै केन्द्रीय सदस्यहरुद्वारा आ-आफ्नै मौलिक भेषभुषामा सजिएर १८ वटा मातृभाषामा पद तथा गोपनियताको सपथ लिने कार्य भएको छ। जस अन्तर्गत नेपाली, सुर्जापुरी, खस, राजवंशी, बज्जिका, गुरुङ(तमु), थारु, अवधी, मैथिली, मगर(खाम), हिन्दी, नेपाल, भोजपुरी, उर्दु, मगही, तामाङ, थुलुङ(राई), लिम्बु भाषा गरि १८ भाषामा सपथग्रहण गर्ने कार्य भएको छ। उक्त बैठकद्वारा निम्न बमोजिमको निर्णयहरु गरिएको छ।

परिवर्तित विश्वब्यबस्थाको प्रभावले आन्तरिक रुपमा गम्भीर संकट उत्पन्न हुनेगरी बहुआयामिक दबाब सृजना भएको छ l त्यो दबाबले निम्त्याएको संकटको सामना गर्न मौजुदा राज्य ब्यबस्थाको आन्तरिक शक्ति अत्यन्तै क्षिण अवस्थामा छ l बिगत देखि नै राज्यको एकल नस्लिय चरित्रले गर्दा चुनौती सामना गर्न सक्ने राज्यको शक्ति अत्यन्तै क्षिण थियो नै विश्व महाशक्तिहरु बिचको शक्ति प्रतिस्पर्धाको कारण सृजित संकटबाट मुलुकलाई बचाउन मुजुदा परनिर्भर राज्यले सामना गर्न सक्दैन भन्ने हाम्रो ठहर छ l
यस्तो संकटको बेला मुलुक भित्रका आफ्नै जनताहरु तथा बाहिरका असल मित्र शक्तिहरु माँझ बिश्वाश आर्जन गर्दै संकट समाधानको निम्ति एकीकृत पहलकदमी लिनुपर्ने वर्तमानको टड्कारो आवश्यकतालाई नजर अन्दाज गर्दै नेपाली कांग्रेस तथा नेकपा एमाले लगायत गठबन्धन दलहरु आफ्नो निहित स्वार्थ रक्षार्थ अगाडी बढेकोले संकट समाधान गर्नु त परको कुरा भयो आन्तरिक रुपमा झन् विभाजन पैदा गरेको छ l देश असफलता तर्फ उन्मुख भएको छ l यस्तै समस्या आउछ भनेर नै २०७२ को संबिधानबाट “बनाउने नेपाल सबै नेपालीकालागी” भन्ने हाम्रो ध्येय थियो तर संस्थापन नश्लीय राज्यले नजरअन्दाज मात्रै गरेन, मधेशले उठाएको मांगलाइ निषेध गर्यो, अत्याधिक दमन गर्यो l हालै देखिएको मुक्कुमलुंग, बोझेनी, ढोरपाटन जस्ता समस्या समाधानको सट्टा राज्यले गरेको अत्याधिक दमनले यो संकट झन् गहिरिदै गएको छ, झन् विभाजन पैदा गर्दै गएको छ l राज्यको यस्तो असहिष्णु, हिंसाक ब्यबहारले राज्य प्रतिको अलगाव झन् गहिरिदै जाने निश्चित छ l
१. २०८१ माघ ८ गते निर्वाचन आयोगबाट विधिवत रुपमा दल दर्ताको प्रमाणपत्र पाईसकिएकोले अब द्रुत गतिमा पार्टी विस्तारको कार्यलाई अगाडि बढाउन चैत १ गते देखि वैशाख १५ गतेसम्म संगठन विस्तार अभियान, प्रशिक्षण कार्यक्रम र अर्थ संकलन अभियान चलाउने निर्णय गरिएको छ। यस अभियान अन्तर्गत पार्टीलाई गाउँ गाउँसम्म पुर्याइनेछ।
२. देशमा विद्यमान चलिरहेको विभिन्न खाले संघर्षहरु जस्तै मुकुम्लुङमा नो केबलकार, बोझेनी सांखुको सबस्टेशन विरुद्धको संघर्ष, उपत्यकामा गैरन्यायिक सडक विस्तार तथा खोलानदीको मापदण्ड विरुद्धको संघर्ष, स्वर्गद्वारी गुठीको संघर्ष, सहकारी पीडितहरुको संघर्ष, लघुवित्त पीडितहरुको संघर्ष, बिटौरी जग्गा सम्बन्धि देशभर रहेको समस्या विरुद्धको संघर्ष, दलित(शिल्पी) समुदायद्वारा जारी रहेको संघर्ष, कवाड व्यसायीहरुको संघर्ष, ढोरपाटन सिकार आरक्ष विरुद्धको संघर्ष, केन्द्र सरकार र प्रदेश सरकारहरुको वेथिती विरुद्धको संघर्ष लगायत देशवासीले भोगीरहेका सबैखाले संघर्षहरुको विरुद्धमा संघर्ष गर्नु आवश्यक देखिएको छ। साथै राज्यको एकल नश्लिय चरीत्रलाई बदलेर बहुल राष्ट्रिय चरित्रको देश बनाउन र स्वशासनको अभ्यास गर्न सबै मिली राष्ट्रिय मुक्ति क्रान्ति गर्नु आवश्यक रहेकोले आन्दोलन र संघर्षको निम्ति समान धारणा र विचार मिल्ने पार्टी/संगठन हरुसंग बृहत मोर्चाबन्दी गर्ने निर्णय गरिएको छ।
३. देशमा विद्यमान सबैखाले समस्याबाट मुक्त हुन, व्याप्त निराशाबाट छुटकारा पाउन, ध्वस्त भैसकेको अर्थतन्त्रलाई उकास्न, आफ्नो सभ्यता, सँस्कृति, दर्शनलाई जोगाउने कार्यमा अग्रसर र एकमात्र विकल्पको रुपमा अगाडि बढेको यस पार्टीमा प्रवेश गर्न तथा पार्टीको गतिविधिलाई तीब्र रुपमा अगाडि बढाउन आर्थिक सहयोगको लागि समेत आम जनतालाई सार्वजनिक रुपमा आह्वान गरिएको छ।
४. पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई १५ दिन भित्र सम्पती विवरण भरी केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन गरिएको छ।
५. पार्टी अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन माथि आएको सुझावहरुलाई समावेश गरि पारित गरिएको छ।
६. मुक्कुम्लुङ संघर्षमा राज्यद्वारा दमन: अन्याय विरुद्ध सशक्त प्रतिरोधको आह्वान
मुक्कुम्लुङ संरक्षणको आन्दोलनको सन्दर्भमा “मुक्कुमलुंग बचाउ पदयात्रा” पश्चात फाल्गुन ८, ९, र १० गते राज्यद्वारा गरिएको निर्मम दमनले लिम्बुहरु माथिको जातीय संहार (मानवता विरुद्धको अपराध) सावित भएको छ। प्रहरीको ज्यादती, पत्रकार कुटपिट, आन्दोलनकारीमाथि दुर्व्यवहार, झुठा मुद्दा, घरघरमा धरपकड, र गिरफ्तार—यी सबैले राज्यको एकल नश्लीय नीति उजागर गर्छ।
८ गते, हामि रहेको काफ्ले पाटीको होटलमा जिल्ला प्रहरी प्रमुखले नै खाना-पानी किन दिएको भनेर होटेल व्यवसायीलाई थर्काउनुको पछाडी नियत के ? राति १२ बजे निस्कनु भनेर प्रशासनले भन्नु तर बाहिर निस्कदा प्रहरीहरुकै संरक्षणमा केहि गुण्डाहरु खुकुरी नचाउदै जाइलाग्ने कार्य भयो र हाम्रा एकजना साथि माथि आक्रमण पनि गर्यो l हामीलाई जाउँ भनेर भन्ने तर बाहिर गुण्डाहरु बोलाएर राख्ने वा संरक्षण गर्ने नियत के ? गुण्डाहरुद्वारा आक्रमणमा प्रहरीको मौनता रहस्यमय थियो l १० गते काफ्ले पाटी देखि फुङलिङसम्म उनीहरुको पक्षबाट यातायात बन्द सहित हतास मनोदसा प्रदर्शन गरी रहेको समयमा साँझ मशाल जुलुस समापन हुँदै गर्दा सादा पोशाकमा घुसपैठ गराएका प्रहरीद्वारा भिडन्त गराउने काम भए । हामि बसेको होटेल स्नो लियो पार्टको प्रहरीद्वारा नै सिसि क्यामरा फुटाउने कार्य के उद्देश्यले भएको हो ? हामि चढने गाडी प्रहरीद्वारा नै किन तोडफोड गरियो ? मेरो सुरक्षा गार्ड नभएको भए सायद राज्यको कुत्सित नियत पुरा हुन्थियो पनि होला l किनभने फर्केर आइसके पछी के कति कारणले पीएसओलाइ फिर्ता बोलाइयो ? यी सबै घटना राज्यद्वारा प्रायोजित नियोजित देखिन्छ l यसको छानबिन होस् l
मुक्कुम्लुङ पर्यटकीय व्यवसायिकरण होइन, आस्थाको, सांस्कृतिक र पर्यावरणीय संरक्षणको स्थल हो l नो केवलकार आन्दोलन भूमाफिया र दलालहरूको षड्यन्त्रको विरुद्ध आम जनताको संघर्ष हो। यो संघर्ष केवल एक परियोजनाविरुद्ध मात्र नभई स्वशासन, पहिचान, र भूमि सुरक्षाका लागि हो। मुन्धुमी आस्थाको केन्द्र मुक्कुम्लुङको परम्परा र संस्कृति सरक्षण गर्न, व्यापारिक नाफाको स्थल बनाउनमा रोक लगाउन तथा दलाल एवम् भूमाफियाहरुका लागि बनाइएका कानुनहरु खारेज गराउन मूल रुपमा नो केवल कार पक्षमा संघर्ष केन्द्रित रहन्छ नै ।
सैद्धान्तिक रुपमा चोत्लुङको रुपमा स्वीकार गरिएको मुक्कुम्लुङलाई वस्तुकरण हुन दिनु हुँदैन भन्दा नै संघर्षको औचित्य प्रमाणित भएको छ ।
हिटलरले ग्यास चेम्बरमा यहुधिलाइ कोचेको झैँ, १० गते रातभर फुन्गलिंग बाजारमा घरघरमा अश्नु ग्यास हानिएको छ, निस्शासिएको बच्चा महिला एवं बृद्धहरु उपर झन् लात्ती बुट प्राहार गरी निर्मम घाइते बनाइएको छ l अस्पतालमा रहेका बिरामीहरु उपर लट्टी र बन्दुकको कुन्दा प्रहार गरी झन् बढी घाइते बनाइएको छ l
हाम्रा पार्टीका केन्द्रिय सदस्य अनुप सुब्बा लगायत दर्जनौंलाइ गिरफ्तार गरिएको छ l यसरी भूमी रक्षक याक्थुम्बा लिम्बु राष्ट्रका जनताहरु शान्तिपूर्ण प्रतिरोध गर्नुलाई अपराधि करार गरेर झुठ्ठा मुद्दा चलाउने र तर्साउने काम निरन्तर हुँदैछ । राष्ट्रिय मुक्ति पार्टी यो अन्यायपूर्ण दमनको घोर भर्त्सना गर्दै आन्दोलनकारीको तत्काल रिहाइ, प्रहरी प्रमुखमाथि कारबाही, र सरकारको निरंकुश रवैयाविरुद्ध संघर्षमा आउन सम्पूर्ण न्यायप्रेमी नेपाली जनतालाई आह्वान गर्न चाहन्छौँ l
संघर्ष जारी छ—सशक्त प्रतिरोधको लागि सबै न्यायप्रेमी जनता एकजुट बनौं!
७. पार्टीले वितिय समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधान खोज्ने निर्णय गरेको छ।
मिति: २०८१/११/१५


तपाईको प्रतिक्रिया