दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकारसँग आग्रह
१९ फाल्गुन २०८१, सोमबार १३:०७
काठमाडौँ फागुन १९ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकारसँग आग्रह गर्नुभएको छ ।
नेपालका लागि जापानका राजदुत मायडा तोरुसँग सोमवार सिंहदरवारस्थीत मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरे पनि प्रशोधन केन्द्रको आवश्यकता रहेको भन्दै सहयोगका लागि जापानी राजदुतमार्फत जपान सरकारलाई आगह गर्नुभएको छ ।
मन्त्री अधिकारीले जापानले नेपालको कृषि क्षेत्रको विकासमा महत्वपुर्ण सहयोग गर्दे आएको भन्दै आगामी दिनमा कृषिको आधुनिकीकरणका लागि पनि थप सहयोगको अपेक्षा गरिएको बताउनुभयो । जापानले प्रविधिको प्रयोगमार्फत गरेको उत्पादन बृद्धि र यसले समग्र कृषिको क्षेत्रमा पुगेको उपलब्धी महत्वपूर्ण रहेकिो बताउँदै उहाँले कृषि क्षेत्रमा जापानले गर्दे आएको प्रयोग नेपालले पनि सिक्न जरुरी रहेकाले प्राविधिक ज्ञानका लागि सहकार्य गर्न सकिने बताउनुभयो । अहिले पनि जापानी स्वंयम सेवकहरुले मन्त्रालय मातहतका विभिन्न कार्यलयमार्फत सहयोग गरिरहेका छन, यसमार्फत जापानमा प्रचलित कृषिको अभ्यास नेपालीले सिक्ने मौका प्राप्त भएको उहाँले बताउनुभयो ।
नेपालले कृषिमा लगानी दशक घोषणा गरि लगानी भित्र्याउने नीति लिएको भन्दै मन्त्री अधिकारीले जापानी लागानीकर्ताहरुलाई पनि नेपालमा लगानीका लागि सहजीकरण गरिदिन राजदुत समक्ष आग्रह गर्नुभयो । आगामी वर्ष नेपाल जापान कुटनीतिक सम्वन्ध स्थापना भएको ७०औ वर्ष पुग्ने उल्लेख गर्दे मन्त्री अधिकारीले यस अवसरमा समेत जापानको निस्वार्थ सहयोगमा अझ वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो ।
भेटवार्तामा जापानी राजदुत तोरुले नेपालको कृषि क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै कृषिमा हाल जारी सहयोगलाई निरन्तरता दिदै आगामी दिनमा सहयोगका थप सम्भावनाहरुको अध्ययन गर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो । जापानले कृषिको विकासमा उपकरणको प्रयोगलाई महत्व दिएको उल्लेख गर्दे नेपालले पनि कृषिमा आधुनिकीकरण गर्दे जानुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालको चिया र हर्बल उत्पादनहरुको जापान राम्रो बजार हुन सक्ने भएकाले यसको निर्यातका लागि सहकार्य गर्न सकिने पनि राजदुत तोरुले उल्लेख गरे ।
तपाईको प्रतिक्रिया