प्रचण्डलाई सुझाए शिक्षा बिग्रिनुको मुख्य १३ कारण

सप्तरीमा रहेको इन्टेलेक्चुअल फाउण्डेशन नेपालले जनतासँग माओवादी, तराई मधेश जागरण अभियानका लागि तराई मधेशमा रहनु भएका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई मधेशको शिक्षाको अवस्था बारे जानकारी गराएको छ ।

फाउण्डेशनले माओवादीका अध्यक्ष प्रचण्डलाई फागुन १६ गते राजविराजमा ज्ञापनपत्र बुझाउदै सो ज्ञानकारी गराएको हो । मधेशको शिक्षा बिग्रिनुमा फाउण्डेशनले १३ वटा कारण देखाएको छ । विद्यालयमा व्यवस्थापन समितिका राजनीतिक हस्तक्षेप, विद्यार्थी सँख्या अनुसार दरबन्दी नहुनु, शिक्षकलाई विद्यालयले प्रशासनिक काममा लगाउनु, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार एक अर्काका भरमा बसेर शिक्षाप्रति उदासिन रहनुले शिक्षाको अवस्था कमजोर भएको दावी फाण्डेशनले गरेको छ ।

त्यस्तै, शिक्षा क्षेत्रमा पर्याप्त बजेट लगानी नहुनु, राजनीतिक दलले शिक्षामा ध्यान नदिनु, विद्यालयमा नातावाद, कृपावाद देखिनु, विद्यालयका भौतिक अवस्था कमजोर हुनु, शिक्षक कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा नपढ्नु, विद्यालयमा दलगत प्रभाव पार्नु र व्यवस्थापन समितिले विद्यालयका हेडमास्टरलाइ प्रभावमा पार्नु, मातृभाषालाई प्राथमिकतामा नराख्नु, सरकारले शिक्षामा प्रयाप्त बजेट नदिएको कारण शिक्षाको अवस्था दैनिय भएको दावी फाउण्डेशनले गरेको छ ।

संघीय सरकारले कूल बजेट कम्तिमा २५ प्रतिशत, प्रदेश सरकारले कूल बजेटको कम्तिमा २० प्रतिशत र स्थानीय सरकारले कूल बजेटको १५ प्रतिशत बजेट शिक्षामा लगानी गर्न बाध्यात्मक कानून बनाउन फाउडेशनका अध्यक्ष डा.सूर्यप्रसाद यादवले माग गर्नुभएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशको साक्षरता दर ६३.५५ प्रतिशत मात्र रहेको छ जुन काठमाडौंको नजरमा रहेको दुर्गम प्रदेश कर्णालीको साक्षरता दर ७६.१ प्रतिशत भन्दा पनि कम हो । जवकि नेपालको संविधान २०७२ को ३१ सौं धारामा नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई शिक्षा पाउने हकको सुनिश्चितता गरिएको छ । तर यो विषय तीन तहको प्राथमिकतामा नपरेको गुनासो गर्दै अध्यक्ष यादवले शिक्षाको सुधारका लागि पहल गर्न अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया