Khadya Bibhag

जनमत पार्टी परित्याग गरी जसपा प्रवेश गरेका नेतालाई केन्द्रीय जिम्मेवारी

काठमाडौँ, असार ९ –विभिन्न राजनीतिक पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका नेताहरूलाई पार्टीले केन्द्रीय जिम्मेवारी दिएको छ । आइतवार सम्पन्न पार्टीको कार्यकारिणी समितिको बैठकले उनीहरूलाई केन्द्रीय सदस्यको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्यकारिणी समितिका सदस्य शैलेन्द्र साहका अनुसार केन्द्रीय सदस्यको जिम्मेवारी पाउने नेताहरूमा पर्साबाट सशिकपुर मियाँ, करिमा बेगम र सुधिरनाथ पाण्डे, रुपन्देहीबाट कैलाश गुरुङ र निलम यादव रहेका छन् ।

यीमध्ये अधिकांश नेता डा. सिके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरी हालै जसपा नेपालमा प्रवेश गरेका थिए । पार्टी प्रवेशसँगै उनीहरूलाई सांगठनिक जिम्मेवारी प्रदान गर्दै जसपाले आफ्ना संरचना थप सुदृढ बनाउने प्रयास गरेको हो ।

जसपा नेपालले हाल देशभर पार्टी पुनर्गठन, सदस्य नवीकरण र प्रदेश अधिवेशनको तयारीलाई तीव्रता दिँदै आएको छ। यही सन्दर्भमा नयाँ प्रवेशकर्तालाई जिम्मेवारी बाँडफाँट गरिएको पार्टी स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया