काठमाडौं असार २८ गते ।
जनमत पार्टीका असन्तुष्ट पदाधिकारीले पार्टी र आन्तरिक लोकतन्त्रलाई बलियो र सुदृढ बनाउनका लागि ‘जनसंवाद यात्रा’ नामक विशेष अभियान सुरु गरेका छन्।
मधेशको रौतहट जिल्लाबाट शुक्रबार देखि अभियानको शुरुवात गरिएको छ।
यो अभियानलाई पार्टीभित्रको अन्तर संघर्षका रुपमा समेत हेरिएको छ। अभियानको नेतृत्व जनमत पार्टीका निलम्बित उपाध्यक्ष ई. दीपककुमार साह, कोषाध्यक्ष ई. सुरेन्द्रनारायण यादव र केन्द्रीय सदस्य विरेन्द्र साह सोनारले गरेका छन्।
उनीहरूका अनुसार यो अभियानले मधेशका विभिन्न जिल्ला हुँदै देशभर पार्टीका कार्यकर्ता, समर्थक तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरी पार्टीभित्रको आन्तरिक अवस्था र लोकतन्त्रका विषयमा छलफल गर्नेछ। साथै पार्टीलाई थप जनमुखी र समावेशी बनाउन यसले सघाउने अपेक्षा राखिएको छ।
नेताहरूले जनमत पार्टीभित्रको गम्भीर अन्तरविरोध र असन्तुष्टिलाई समाधान गर्दै पार्टीलाई संस्थागत र सुदृढ बनाउन यो यात्रा महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।



तपाईको प्रतिक्रिया