Khadya Bibhag

सरकारमा सहभागी हुने जसपा नेपालको संकेत

काठमाडौँ असार ३० गते । जनता समाजवादी पार्टी नेपाल सरकारमा जाने संकेत गरेको छ ।
वर्तमान सरकारबाट असन्तुष्ट भएर समर्थन समेत फिर्ता लिने निर्णयमा पुगेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ छलफल गर्नुभएको छ ।

छलफलमा नेपाली काँग्रेसका सभापति शेबरहादुर देउवा र काँग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्री अ‍ोलीका राजनीतकि सल्लाहकार विष्णु रिमालसमेत उपस्थिति हुनुहुन्थ्यो ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओलीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा आउन आग्रह गर्नुभएको छ । त्यसको जवाफमा अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग पुरा गरे भने त्यसमा विचार गर्न सकिने प्रतिकृया दिनुभएको स्रोतले जनाएको छ ।

तपाईहरुको मागको बारेमा के के गर्न सकिन्छ सल्लाह गरौंला तर तपाईहरुले सरकारबाट समर्थन फिर्ता लिने कार्य नगर्नुस् भन्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका प्रतिवद्धताहरु चाँडै पुरा गर्ने आश्वासन दिनुभएको थियो । त्यसपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले गर्नुपर्ने कार्य गरोस् त्यसपछि आफूहरु पार्टीमा सल्लाह गरेर के गर्न सकिन्छ त्यसको जवाफ पठाउने बताएको बालुवाटार स्रोतले जनाएको छ ।

-फाइल फोटो

तपाईको प्रतिक्रिया