बारा असार ३० गते । जनमत पार्टीका निलम्बित उपाध्यक्ष दीपक साहको समूहले बारामा आफ्नो कार्यक्रम गर्न सफल हुनुभएको छ । शुक्रवारदेखि सुरु गरेको आफ्नो यात्राको क्रममा हिजो बारा पुगेको सो समूहमाथि जनमत पार्टीका केही कार्यकर्ता आक्रमण गरेका थिए ।
पेट्रोलमा मोबिल मिसाएर उपाध्यक्ष साह, कोषाध्यक्ष सुरेन्दनारायण यादव, विरेन्द्र साहमाथि छ्यापेका थिए । उहाँहरु कार्यक्रमका जानका लागि गाडीमा बस्नु भएको थियो । विकासकुमार सिंह र रामबाबु साहले उहाँहरुमाथि मोसो छ्यापेर नारा लगाउनु भएको थियो । मोसो छ्यापेपछि उपाध्यक्ष साह त्यहाँबाट गाडि लिएर भाग्नुभएको थियो । निलम्बनमा पर्नुभएका कोषाध्यक्ष सुरेन्द्रनारायण यादव भन्नुहुन्छ, ‘यदि त्यहाँबाट नभागेको भए आगो लगाएर जलाउने योजना थियो उहाँहरुको लाइटर लिएर आउनुभएको थियो ।’
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले कार्यक्रम रोक्ने प्रयास गरेपनि आज बारामा भव्य रुपमा कार्यक्रम सफल भएको कोषाध्यक्ष यादवले बताए । उहाँले मधेशका बाँकी जिल्लामा पनि कार्यक्रम हुन्छ, सिके राउतले रोकेर यो कार्यक्रम नरोकिने बताउनुभयो । अब अझ भव्य तरिकाले कार्यक्रम हुन्छ, जनमत पार्टीका अन्य नेताहरुले पनि साथ दिने उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया