मैथिली गीत–संगीतको क्षेत्रमा एक नयाँ सिर्जनात्मक प्रस्तुति ‘रेशमके चुनरी’ सार्वजनिक गरिएको छ । जननी फिल्म्स युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियो दर्शकहरू माझ लोकप्रिय हुने अपेक्षा गरिएको गायिका अन्जु यादवले बताइन् ।
गीतका शब्द रचनाकार प्रदीप कपुर हुन् भने स्वर अन्जु यादव र निल घतानीले दिएका छन् । संगीत संयोजन पनि निल घतानीकै रहेको छ । भिडियोमा डोली सरकार र हुस्न मुबारक (डेविड) को अभिनय देख्न सकिन्छ । गीतको निर्देशन दिनेश ठाकुरले गरेका हुन् भने छायाङ्कन गजेन्द्र गज्जुले र ड्रोन अपरेटर नगिन धिमाल रहेका छन् । भिडियोको सम्पादन राजु चौधरीले गरेका छन् ।
यस गीतका निर्माता जननी फिल्म्स र नुरी सप्लायर्स एण्ड ट्रेडर्स रहेका छन् । यो मैथिली गीत स्व. कल्पना सरकारलाई समर्पित गरिएको गायिका यादवले बताइन् । यो मैथिली गीतका लागी विशेष धन्यवाद श्यामसुन्दर यादव र रामबिनय यादवलाई दिएको छ भने तराना सिद्धिकी, सन्दीप लगायत अन्य सहयोगीहरूलाई हार्दिक आभार प्रकट गरिएको छ । गीत सार्वजनिक गर्दै निर्माण टिमले “यो प्रस्तुति दर्शक–स्रोताले मन पराउने विश्वास लिएको गायिक यादवले बताइन् ं।

तपाईको प्रतिक्रिया