Khadya Bibhag

गजेन्द्रनारायणको नाममा मोलमोलाई

गजेन्द्रनारायण सिंहको निधन भएको २४ वर्ष भइसक्यो तर उहाँको नामको मोलमोलाई अझै भइरहेको छ । गजेन्द्रनारायण सिंहले २०४७ सालमा गठन गर्नुभएको नेपाल सद्भावना पार्टी लगभग समाप्त भइसकेको छ आफ्नो अस्तित्व जोगाउने असफल प्रयास गरिरहेको छ । मधेशको अधिकार र पहिचानका लागी लडेको नेपाल सद्भावना पार्टी अहिले एउटा समूहमा मात्र होइन, एउटा टुक्राको रुपमा एउटा कुनै कुनामा चुपचाप छ । तर त्यसको नाममा अहिले पनि व्यपार भइरहेको छ । सो पार्टीका पुराना नेताहरु अझै पनि नेपाल सद्भावना पार्टी र त्यसको चुनाव चिन्ह पञ्जा छाप हत्याउनका लागी अनेक जोगाड गरिरहनु हुन्छ । नेपाल सद्भावना खरिदका लागी राजेन्द्र महतो, अनिलकुमार झा, गोविन्द चौधरी, सरिता गिरी, बन्द्री मण्डल, रामचन्द्र राय, रामेश्वर राय यादव, नवलकिशोर साहलगायतका नेताहरु लागि पर्नुभएको छ ।

हाल सो पार्टी रामकुमार महतोको हातमा छ । उहाँको हातबाट जसले पनि नेपाल सद्भावना पार्टी खोस्न चाहन्छन् । नेपाल सद्भावना पार्टीमा रहेर काम गर्नुभएका र अहिले विभिन्न पार्टीमा आवद्ध नेताहरु अझै पनि नेपाल सद्भावना पार्टीलाई चलाउन खोज्नु भएको छ । राजेन्द्र महतो राष्ट्रिय मुक्ति पार्टी दर्ता गराउनु भएको छ तर अहिले पनि नेपाल सद्भावना पार्टी र त्यसको पञ्जा छापमाथि लोभ छ ।

यदि नेपाल सद्भावना पार्टी पाउनुभयो भने उहाँले राष्ट्रिय मुक्तिलाई छाडेर त्यो पार्टीको झण्डा फहराउन थाल्नुहुन्छ । उहाँ त्यसका लागी प्रयास नगरेको होइन । रामकुमार महतोसँग राजेन्द्र महतोले पटक पटक कुरा गर्नुभयो । तर रामकुमार महतोले रकम माग गर्नुको साथै पदाधिकारीमा पनि दावी गरेपछि राजेन्द्र महतो पछाडि हट्नुभयो । अनिल झा हाल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता हुनुहुन्छ । उहाँ पनि नेपाल सद्भावना पार्टी हात पार्ने दाउमा हुनुहुन्छ । उहाँ लगभग हात नै पारिसक्नुभएको छ । २० लाख रुपियाँ दाम लगाइ सक्नु भएको छ । रामकुमार महतो त्यसमा सहमति पनि जनाइ सक्नु भएको छ । अनिल झाले निर्वाचन आयोगमा पार्टी आफ्नो नाममा ल्याउन प्रकृया पनि सुरु गरिसक्नु भएको थियो ।

तर अनिल झाले दुई वर्षभित्र मात्र गच्छेको पैसा दिने भनेपछि रामकुमार महतोले अनिल झामाथि फर्जी गरेको आरोप लगाएर धनुषा जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको छ । मुद्दा चलि नै रहेको छ । यसअघि गोविन्द चौधरी (नवलपरासी)सँग पनि यस्तै भयो । रामकुमार महतोले नेपाल सद्भावना पार्टीलाई लिएर रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्नुभयो ।

त्यतिबेला नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री हुनुहुन्थ्यो । रामकुमार महतोले आफ्नो श्रीमतीलाई जागिर लगाउने र आफूलाई उपाध्यक्ष दिने सर्तमा पार्टी एकता गर्नुभएको थियो । नागरिक उन्मुक्ति पार्टीसँग एकता गरे पनि नेपाल सद्भावना पार्टीको कुनै पनि अंश त्यसमा समावेश भएन । निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी त्यतिकै रहने भयो । त्यसपछि राकुमार महतोको दिमागमा के चल्यो उहाँले सो पार्टी आफ्नो श्रीमती कविता महतोको नाममा दर्ता गराएर राख्नुभयो ।

सरकारी जागिर खाने व्यक्ति पार्टी अध्यक्ष हुँदैन भने रामकुमार महतोलाई थाह थिएन । तर पछि कसैले उजुरी गरेपछि कविता महतोले पार्टी अध्यक्षबाट निर्वाचन आयोगमा गएर राजिनामा दिनुभयो । उहाँ राजिनामा दिएपछि नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता सहजाद मियाँको अध्यक्षतामा बैठक बसेर रामचन्द्र कुशवाहालाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिएन ।

निर्वाचन आयोगले विधानको एउटा नमुना दिएर यो अनुसार विधान लिएर आउनुस् अनि मात्र रामचन्द्र कुशवाहालाई अध्यक्ष बनाउन मिल्छ भनेको थियो । नमुना अनुसार विधान बनाउनु भन्दा महाधिवेशन गर्दा नै ठिक भन्दै नेता मियाँको अध्यक्षतामा बैठक बसेर कार्यसमितिलाई भङ्ग गरेर रामचन्द्र कुशवाहाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनायो । र, त्यो निर्वाचन आयोगमा पेस गरेपछि आयोगले पनि महाधिवेशन गराउन अनुमति दियो । त्यतिबेला रामकुमार महतो नागरिक उन्मुक्ति पार्टीको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँले पार्टीको महाधिवेशन गराउने सहमति दिनुभयो । तर त्यसवापत उहाँले गोविन्द चौधरीसँग रकम माग्नुभयो । उहाँले पार्टी सञ्चालनका लागी निकै खर्च भएको छ । २० लाख रुपियाँ जति रकम दिए मात्र पार्टीको महाधिवेशन गराउन दिने नभए आफू नै त्यसको अध्यक्ष भएर महाधिवेशन गराउन भन्नुभएको थियो ।

त्यति रकम दिन नसकिने भनि रामचन्द्र कुशावाहा र गोविन्द चौधरीहरुले भनेपछि रामकुमार महतो आफू नागरिक उन्मुक्ति पार्टी छाडि सकेको र नेपाल सद्भावना पार्टीका अध्यक्ष रहेको भन्दै छुट्टै महाधिवेशनको घोषणा गर्नुभयो । रामकुमार महतोले जनकपुरमा महाधिवेशन गराउनु भयो भने रामचन्द्र कुशवाहाले वीरगञ्जमा । निर्वाचन आयोगमा दुवै समूह गए तर आयोगले रामकुमार महतोलाई आधिकारिता दियो । त्यतिबेला पार्टी पाउने लोभमा रामकुमार शर्मालाई राजेन्द्र महतो, अनिल झाहरुले पनि निर्वाचन आयोगमा साथ दिनुभएको थियो । रामकुमार महतो अधिकारिकता पाएपछि रामचन्द्र कुशवाहाले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभयो । त्यो मुद्दा विचाराधिन रहेको बेला राजेन्द्र महतो र अनिल झाले पनि त्यो पार्टी आआफ्नो कब्जामा लिने जोगारमा लाग्नुभयो तर कसैलाई हात लागेन ।

नवलकिशोर साह जो अहिले जनता समाजवादी पार्टीबाट महिला बालबालिका तथा समाज कल्याणमन्त्री हुनुहुन्छ । उहाँले पनि रामकुमार महतोबाट पार्टी खरिद गर्ने दाउमा हुनुहुन्छ । मन्त्रीबाट हटेपछि सो पार्टीमा नरहने लगभग निश्चित रहेको स्रोतहरुले दावी गरेका छन् । जसपाबाट हटेपछि आफ्नै नेतृत्वमा नेपाल सद्भावना पार्टी चलाउने उहाँको सोच रहेको छ । तर त्यहाँ पनि रकममा कुरा मिलिरहेको छैन ।

सरिता गिरीले उपेन्द्र यादवको पार्टी तत्कालिन संघीय समाजवादी फोरम नेपालसँग एकता गर्नुृभएको थियो । निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी त्यतिकै अलपत्र देखेपछि राजेन्द्र सिंहले २०७८ मा आफ्नो नाममा ल्याउनु भएको थयो । त्यसपछि पनि सो पार्टी पटक पटक विवादमा आइरह्यो । गजेन्द्रनारायण सिंहको नामको मोलमोलाई भइरह्यो ।

पार्टी फुटको इतिहास
गजेन्द्रनारायण सिंह अध्यक्ष भएको बेला नै पटक पटक विभाजनको शिकार भएको नेपाल सद्भावना पार्टी उहाँको निधनपछि त सबै हद पार गर्यो । २०५८ मा गजेन्द्रनारायण सिंहको निधनपछि राजविराजामा भएको महाधिवेशनपछि पार्टी विभाजनको शृङ्खला सुरु भएको थियो । एउटा समूहको अध्यक्ष बद्री मण्डल हुनुभयो भने अर्को समूहको अध्यक्ष गजेन्द्रनारायण सिंहका श्रीमती आनन्दी देवी । पछि दुवै समूहको बिचमा एकता भयो । तर पछि पनि सो पार्टी ठिकठाकले चलेन । आनन्दी देवीलाई प्रयोग गरेर कहिले श्यामसुन्दर गुप्ता मन्त्री बन्नुभयो भने कहिले राजेन्द्र महतो त कहिले सरिता गिरी त कहिले ह्रदयश त्रिपाठी ।

मन्त्री बन्नकै लागी नेपाल सद्भावना पार्टी टुक्रा टुक्रा भयो । नेपाल सद्भावना पार्टीबाट राजेन्द्र महतोले अलग पार्टी बनाउनुभयो । अनिल झा, रामनरेश राय यादव, श्यामसुन्दर गुप्ता, विकास तिवारी अलग अलग पार्टी बनाउनुभयो । पछि नेपाल सद्भावना पार्टी सरिता गिरीको हातमा गयो । त्यहाँ पनि खुशीलाल मण्डल र सरिता गिरी बिच पार्टीलाई लिएर विवाद भयो । विवाद सर्वोच्च अदालतसम्म पुग्यो । सरिता गिरीले नेपाल सद्भावना पार्टी हात पार्नुभयो । सरिता गिरीले अनिल झा अध्यक्ष रहेको संघीय सद्भावना पार्टीसँग एकता गर्नुभएको थियो । भनिन्छ, त्यहाँ पनि रकमको लेनदेन भएको थियो । स्रोतका अनुसार सरिता गिरीले पार्टी एकता गर्ने भनेर अनिल झासँग १२ लाख रुपियाँ लिनुभएको थियो । रकम लिएर पार्टी एकता गरे पनि त्यहाँ धेरै दिनसम्म टिक्न सक्नुभएन । उहाँ सो पार्टी लिएर निस्किनुभयो र पछि उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी पार्टीसँग एकता गर्नुभएको थियो ।

त्यसपछि निर्वाचन आयोगमा त्यतिकै लवारिस अवस्थामा रहेको पञ्जा (हात) छाप भएको नेपाल सद्भावना पार्टी राजेन्द्र कुमार सिंहले आफ्नो नाममा दर्ता गराउनु भएको थियो । केही समयपछि सो पार्टीका अध्यक्ष रामकुमार महतो हुनुभयो । अध्यक्ष महतोले पछि सो पार्टीलाई लिएर अन्य पार्टीसँग एकीकरणका लागी प्रयास गर्नुभयो । तर उहाँले पार्टी एकता उधारोमा होइन नगदमा गर्न खोज्नुभयो । गजेन्द्रनारायण सिंहले गठन गरेको र पञ्जा छाप रहेको कारण त्यो पार्टीप्रति सद्भावना पार्टीका पुराना नेताहरुले पनि लोभ गर्नुभएको छ । त

तपाईको प्रतिक्रिया