Khadya Bibhag

पछिल्लो २४ घण्टामा तीव्र वर्षा : कहाँ पर्यो कति पानी हेरौ नयाँ #update

काठमाडौं, असोज १९ गते । नेपालका विभिन्न जिल्लाहरूमा पछिल्लो २४ घण्टामा लगातार भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी मधेश, बागमती र कोशी प्रदेशका धेरै स्थानहरूमा २०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ।

विभागका अनुसार, सबैभन्दा बढी वर्षा रौतहटको महेशपुरमा ३४५.२ मिलिमिटर मापन गरिएको छ। त्यसपछि रौतहटकै गौरमा ३२०.८ मिमी र इलामको हिमाली गाउँमा ३३५.४ मिमी वर्षा भएको छ। लगातारको वर्षाका कारण नदीहरूमा पानीको सतह बढ्दै गएको र केही स्थानहरूमा बाढी र जलमग्नताको जोखिम बढेको चेतावनी विभागले जारी गरेको छ।

मुख्य वर्षा मापन विवरण

  • रौतहट, महेशपुर (लालबकैया नदी) – ३४५.२ मिमी
  • इलाम, हिमाली गाउँ (कोशी क्षेत्र) – ३३५.४ मिमी
  • रौतहट, गौर (बागमती) – ३२०.८ मिमी
  • रौतहट, गरूडा (बागमती) – ३०३.४ मिमी
  • पर्सा, मुडली (सिवालिक क्षेत्र) – २८७.६ मिमी
  • इलाम, टी इस्टेट (कन्काई) – २८२ मिमी
  • इलाम, कन्याम (मेची) – २७९.६ मिमी
  • पर्सा, वीरगञ्ज (नारायणी) – २७९.६ मिमी
  • बारा, निजगढ (नारायणी) – २५३ मिमी
  • धनुषा, तुलसी (रातो नदी) – २४२.६ मिमी
  • झापा, बाहुनडाँगी (मेची) – २४६.४ मिमी
  • मोरङ, हरैंचा (केशलिया) – २४४.४ मिमी
  • सिन्धुली, हरिहरपुरगढी (बागमती) – २८९.६ मिमी
  • सुनसरी, चतरा (सप्तकोशी) – २२६.८ मिमी
  • सर्लाही, मनुस्मारा (लोक्हनदेनी) – २३४.८ मिमी

विभागले जनाएको छ कि यी स्थानहरूमा अहिले पनि मध्यमदेखि भारी वर्षा भइरहेको छ। केही क्षेत्रमा वर्षाको तीव्रता घट्दै गए पनि आज साँझसम्म वर्षा जारी रहने अनुमान गरिएको छ।

यस क्रममा बागमती, कोशी र मधेश प्रदेशका मुख्य नदीहरूमा पानीको सतह खतराको तह नजिक पुगेकाले स्थानीय बाढी, पहिरो र जलमग्नताको जोखिम बढेको विभागले चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया