काठमाडौं असोज ३० गते । प्रधानमन्त्री सुशिला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि सरकारले ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हा, सम्बन्धित अधिकारीहरू, सचिवहरू र सरोकारवाला पक्षसँग भएको विस्तृत छलफलपछि प्रधानमन्त्री कार्कीले भन्नुभयो, “ठगी गरेर नागरिकहरूको पसिनाको बचत हरण गर्नेहरूलाई कुनै हालतमा नछाड्ने मेरो र यो सरकारको स्पष्ट धारणा छ।”
उहाँले सहकारी क्षेत्रलाई पारदर्शी र जवाफदेही बनाउन आवश्यक सुधारका कदम तत्काल सुरु गर्ने जानकारी दिनुभयो। प्रधानमन्त्री कार्कीका अनुसार सरकार सहकारी पीडितहरूलाई न्याय दिलाउन दृढतापूर्वक प्रतिबद्ध छ र दोषीहरूलाई कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको छ।
प्रधानमन्त्री कार्कीले थप भन्नुभयो, “सहकारी क्षेत्रमा जनविश्वास पुनःस्थापना गर्न पारदर्शिता, जवाफदेहिता र सुशासन सुनिश्चित गरिन्छ।”
सरकारले छिट्टै सहकारी क्षेत्र सुधारसम्बन्धी कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।


तपाईको प्रतिक्रिया