Khadya Bibhag

शाहरुखकी छोरी विवादमा

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान कृषि जग्गा खरिदका कारण समस्यामा पर्नुभएको छ । महाराष्ट्र सरकारले अलिबागको थाल गाउँमा किसानलाई खेतीपातीका लागि दिएको जग्गा उहाँले खरिद गरेको आरोप छ । महाराष्ट्र कृषि भूमि ऐन, १९६१ अनुसार, केवल किसान वा किसान परिवारसँग पहिले नै कृषि भूमि भएको व्यक्तिले मात्र त्यस्तो जमिन किन्न सक्छन् । गैर–किसानहरूले सिधै कृषि भूमि खरिद गर्न पाउँदैनन् ।

त्यस्तै, सरकारले खेतीका लागि मात्र किसानलाई दिएको जग्गा बिक्री गर्न कलेक्टरको स्वीकृति आवश्यक हुन्छ । खरिदकर्ता र बिक्रेता दुवैले तहसीलदार वा कलेक्टरबाट एनओसी (अनापत्ति प्रमाणपत्र) लिनुपर्ने व्यवस्था छ । तर, आरोपअनुसार सुहानाले यो प्रक्रिया पूरा नगरी जग्गा खरिद गर्नुभएको कारण उहाँ विवादमा पर्नुभएको छ ।
सुहानाले यो जमिन मुम्बईको कफ परेडमा बस्ने खोटे परिवारबाट झन्डै १२.९१ करोड रुपैयाँमा किन्नुभएको छ । उहाँले ७७.४६ लाख रुपैयाँ स्ट्याम्प शुल्क पनि तिर्नुभएको छ ।

तपाईको प्रतिक्रिया