Khadya Bibhag

प्रचण्डसँग मैले यसरी राखे कुरा

  • उमेशकुमार यादव
कार्तिक १८ गते आदरणीय अध्यक्ष कमरेड प्रचण्ड सङ्ग भेट गरेर म राजबिराज फर्कें ।भेटघाट मा परस्पर को हालखबर ,घर परिवार को हाल खबर बाट शुरु भएर राजनीतिक विषयमा प्रवेश भयो ।
१. नेकपा ( माओवादी केन्द्र ) बने देखि नै कसरी हामीलाई मानसिक यातना ,तिरस्कार र संगठन मा अपमान गर्दै आएको छ र उनिहरु स्वयं पार्टी अलग गरेर जान गरेको आग्रह लाई स्वीकार न गरेको कारणले कसरी प्रतिशोध लिदै छन् भन्ने कुरा राखियो ।
२. २०७४ र २०७९ को निर्वाचनमा विपक्षी सङ्ग मिलेर कसरी मलाई ड्यामेज गर्न हरेक कुकर्म गरे ,त्यसको प्रमाण सहित पेश गरियो ।
३. २०७५ मा पार्टी एकीकरण भएर नेकपा ( नेकपा ) बनिसके पछि कसरी म लगायत मेरो नेतृत्व लाई सम्मान दिने साथीहरू कतिपयलाई कुनै कमिटी मा राखिएन।त्यतिबेला म सहित केही साथीहरू जस्तो कमरेड दाना लाल चौधरी जस्तो सिनियर नेता सहित पार्टीको कुनै पनि कमिटी मा ( केन्द्र ,प्रदेश ,जिल्ला ,पालिका) कतै राखिएन। जिल्ला को पार्टी बैठक मा आमन्त्रित गरेर बोलाउने र कुनै कमिटी मा न रहेको मानिस लाई बैठक मा बस्न लाज लाग्दैन ,कसरी बैठक मा आउन सकेको होला भनेर अपमानित गरेर बैठक बाट निस्कनु पर्यो भन्ने कुरा प्रष्ट सङ्ग राखियो ।प्रमाण को रूपमा अहिले पार्टी एकीकरण मा आउनै लागेको नेता कमरेड गोबिन्द न्यौपाने सहित त्यस बैठक मा रहेका नेताहरु लाई सोध्न आग्रह गरियो ।
May be an image of one or more people and people studying
४. यत्रो लामो अवधि देखि पार्टी मा टिकि राख्न ,पार्टी छोडन न परोस् भनेर गरेको ९ बर्ष देखि को संघर्ष सामान्य होइन ।पार्टी मै बसि राख्न ९/९ बर्ष सम्म गरेको संघर्ष ,पार्टी छोडेर गएका नेताहरु बाट नै सृजित समस्या तथा त्यस सम्बन्धमा अध्यक्ष को आश्वासन बाहेक केही हुन न सक्नु को कारण बारेमा जान्न जिज्ञासा् राखियो ।
५. मधेस प्रदेशको एउटा ठुलो नेता छ।जसले आफू बाहेक सबैलाई भ्रष्ट र बेइमान सम्झन्छन् तर त्यो जतिको भ्रष्ट ,बेइमान,ठग ,अनैतिक र प्रतिशोध लिने ब्यक्ति पाउनु हुन्न ।ती मान्छे सुतेर उठेर सधैं अध्यक्ष कै निवास मा पुग्दो रहेछ।यस्तो लाग्छ कि त्यो मान्छे राति अध्यक्ष कै निवासमा सुतेका रहेछन् ।त्यसले अध्यक्ष लाई जथाभावी कान भर्ने दिनहुँ कुकर्म गर्छन् ।फलानो कमरेड फलानो सङ्ग जोडिएको छ,यो फलानो को गुट मा छ,यो ढिस्कानो को गुट मा छ।मानौं ,आफ्नै पार्टीको नेता सङ्ग भेटनु अपराध गरिएको रहेछ जस्तो गरि कान भर्ने।त्यसको काम ९ बर्ष देखि त्यसकै लागि कसैले नियुक्ति गरेर पठाएको छ ।जसले गर्दा फिल्ड मा काम गर्ने ,ती दुष्ट को चाकरी गर्न न सक्ने को बेहाल गरिदिने गर्दै आएको छ।
६. मेरो बारेमा एक बर्ष देखि यी डाका र यसको नोकरहरु ले जसपा मा गएको र अहिले म पार्टी एकता बिरोधि रहेको पुरै भ्रामक प्रचार गर्दै आइ रहेको छ।जो जसपा को मलाइ खाएर फर्केर आए ,जो आफैं अनेकौं आरोप लगाएर पार्टी बिभाजन गरेर थाकेर आत्मसमर्पण गरेर आए ।त्यसैले म लगायतका साथीहरू बारेमा जथाभावी बोल्ने र हर्कत गर्ने गरेको प्रमाण पेश गरियो ।
७. हो,यस परिवेशमा म लगायतका साथीहरू को कारण ले पार्टी संगठन बनाउन ,समस्या हल गर्न ,पार्टी आन्दोलन कमजोर हुन्छ भने त्यो पनि भनी दिनुस् र बिगत ९ बर्ष झैँ अझ त्यसको निरंतरता नै दिने हो भने अध्यक्ष ले भन्नू पर्यो कि हामीले के गर्ने ?
बिगत को यातनाको निरंतरता झेल्न न सक्ने र यहीँ निरन्तरता रह्यो भने तपाईं अध्यक्ष ले के गर्नु हुन्छ ? हामीलाई ९ बर्ष देखि लखेट्दा पनि ,पार्टी बाट कतिखेर यिनिहरु जाओस् भनेर प्रयास गर्दा पनि हामी त पार्टी छोडेनौं। कुनै गुट मा लागेनौ। पार्टी बाट न निकाल्ने तर पार्टी मा बस्नै न सक्ने स्थिति सृजना गर्ने को हुन ?त्यसलाई चिन्नु पर्यो ।अब पार्टी हेड क्वाटर को हातमा छ भन्ने कुरा राखियो ।
८. अध्यक्ष कमरेड भावुक पनि हुनु भो, घटना क्रम लाई स्वीकार पनि गर्नु भो ।
९. हामी एकताको बिरोधि होइन ।प्रश्नहरु त छन् ।बिचारहरु त छन् ।जो सामाजिक संजाल बाट बेला बेला मा लेख्ने गर्दै आएको छु।बिचार मिल्नेहरु एकताबद्व हुन जरुरी छ।
१०. आज यो देशको राष्ट्रियता सबैभन्दा जोखिममा छ भने त्यतिकै यो देशको कम्युनिस्ट आन्दोलन पनि जोखिम मा छ।रुप पक्ष मा ठुला ठुला कम्युनिस्ट पार्टी भए पनि कम्युनिस्ट बिचार ,आन्दोलन ,आदर्श कमजोर र स्खलित हुँदै गएको कुरा मेरो अन्तर आत्मा ले भन्छ ।संसद ,सरकार को चौघेरा मात्रै को योजना ले जनताको अपेक्षा पुरा गर्न न सकिने र संघर्ष को रुप जनयुद्ध जस्तो पनि गर्न न सकिने दोसाँधमा कम्युनिस्ट आन्दोलन उभिएको छ।कम्युनिस्ट आन्दोलन बिचार को बिकासको संकट बाट पनि गुज्रिरहेको छ भन्ने मेरो बुझाइ छ।यदि कम्युनिस्ट आन्दोलन मजबुत भएको भए भदौ २३,२४ मै बोल्शेविक क्रान्ति जस्तै क्रान्ति सम्पन्न भै सक्थे।सापेक्षिक रूपमा सबैभन्दा राम्रो के त भन्दा बिगत मा जसरी जवाफ आउथे ,त्यसरी नै अहिले पनि आउँछ।
११. हामीलाई जसले पार्टी बाट निकाल्न ९ बर्ष देखि नानी देखि को बल लगाउदै आएको छ, तिनीहरु नै हरेक किसिमका भ्रामक प्रचार गर्दै आएका छन् ।गर्दै जाउन।
१२. आलोचनात्मक चेत भएको मानिस सङ्ग बिचार हुन्छ ,भावना पनि हुन्छ।स्वभिमान हुन्छ।यो दास युग होइन ,यो गणतान्त्रिक युग हो। जो हामी सबै आफैं लडेर ल्याएको हो।
१३. हद पार गर्नेहरू सङ्ग कसरी लडनु पर्छ भन्ने कुरा हद पार गरेकाहरु लाई मात्रै होइन कि हामीलाई पनि थाहा छ।

तपाईको प्रतिक्रिया