काठमाडौं कात्तिक २२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आफ्नो पदबाट राजिनामा दिएपछि सरकार गठन बार विभिन्न आंकलन भइरहेका छन् ।
कसैले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार बन्छ भने कसैले उपधारा ३ बमोजिम सरकार बन्छ भनिरहेका छन् ।
तर कानुनका जानकारहरूले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै सरकार बन्ने बताएका छन्। मधेस प्रदेशमा यसअघि १६८ को उपधारा १ बमोजिम सरकार गठन भएको थियो। अब उपधारा २ बमोजिम नै सरकार गठन हुने कानुनका जानकारहरूले बताएका छन् ।
मधेस प्रदेशका पूर्व मुख्य न्यायधीवक्ता दिपेन्द्र झाले अब मधेश प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै मुख्यमन्त्री नियुक्त हुने बताउनुभएको छ ।
अधिवक्ता सुनिल रन्जनले संविधानका धारा २ अनुसार मुख्यमन्त्री नियुक्त हुने बताउनु भयो । उहाँले मधेश प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिनु अगाडि नै राजीनामा दिँदा धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त हुने बताउनुभयो ।
विश्वासको मत लिनुअघि मुख्यमन्त्रीले राजिनामा दिएपछि यदि कुनै दललाई स्पष्ट बहुमत प्राप्त छैन भने प्रदेश प्रमुखले प्रदेश सभामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था संविधानमा रहेको उहाँले बताउनुभयो ।
संविधान धारा १६८ उपधारा २ मा यदि कुनै दललाई स्पष्ट बहुमत प्राप्त छैन भने प्रदेश प्रमुखले प्रदेश सभामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।
उपधारा ३ मा उपधारा (१) वा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न नसकिएको अवस्थामा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था संविधानमा छ ।
प्रदेश प्रमुखले १६८ उपधारा १ अनुसार मुख्यमन्त्री नियुक्त गरेका छन् । अबको उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त हुन्छ, यदि कुनै दलले बहुमत जुटाउन सकेन भने उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री चयन गर्ने अधिवक्ता सिंहले बताउनुभयो ।
उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको मितिले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ।
यदि उपधारा ४ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिन असफल भए वा मुख्यमन्त्री नियुक्त गर्न नसकिएको अवस्थामा प्रदेश प्रमुखले प्रदेश सभाको विघटन गरी नयाँ प्रदेश सभा निर्वाचनको मिति तोक्ने व्यवस्था संविधानमा छ ।
त्यस्तै लोसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले पनि संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन हुने र यसमा ढुक्क रहेको वताउनुभयो ।
नेपालको संविधानको धारा १६८ को उपधारा ( २ ) बमोजिम गठन भएको मधेश प्रदेश सरकारको मुख्यमन्त्री धारा १६८ को उपधारा (४) बमोजिम विश्वाससको मत प्राप्त गर्ने प्रक्रियामा प्रवेशै नगरी राजिनामा गरेको हुनाले प्रदेश सरकारको गठन प्रक्रिया धारा १६८को उपधारा (२) बमोजिम नै हुने दावी उहाँले गर्नुभयो ।
मधेश प्रदेश सरकार मुख्यमन्त्रीका प्रेस सल्लाहकार रहि सकेका पत्रकार अनिल कर्णले पनि संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै सरकार गठन हुने बताउनु भयो ।
कांग्रेस निकट प्रेस युनियनका उपाध्यक्ष समेत रहेका कर्णले व्यवस्थापिकाबाट बहुमतकाे सरकार बन्ने सम्भावना रहेको बताउनु भयो । एमालेले मधेश प्रदेशमा ठूलाे दल भएकै कारण अहिले सरकार बनाउने सुविधा नपाउने दावी गर्नुभयो ।


तपाईको प्रतिक्रिया