Khadya Bibhag

एमालेका अध्यक्ष ओलीको निर्देशनमा बिहानै ४ बजे भयो मुख्यमन्त्रीको शपथ ग्रहण

काठमाडौं कात्तिक २४ गते । मधेश प्रदेशमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले आज विहान एक होटलमा मुख्यमन्त्रीलाई सपथग्रहण गराएपछि मधेशको राजनीति विवादमा आएको हो ।
विरामी छु भनि आज विहान मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री जितन्द्र सोनलबाट काठमाडौँका लागि बिदाबारी भई निस्किनुभएको थियो। तर बीचबाटैमा बर्दिबास नगरपालिका–३ स्थित पानस कटेज नामक होटेलमा गोप्य रूपमा शपथ ग्रहण कार्यक्रमको आयोजना गर्नुभयो ।
प्राप्त विवरणअनुसार, प्रदेश प्रमुखले बिरामी भएको बहाना बनाएर काठमाडौं जाने भन्दै बर्दिबास आइपुग्नु भएको थियो।
त्यही क्रममा रातिको समयमा प्रदेश प्रमुख भण्डारीले एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यावलाई मुख्यमन्त्रीमा शपथ ग्रहण गराउनुभयो ।


यसलाई धेरैले संविधानको उल्लंघन, प्रक्रियालाई मिचेको टिप्पणी गरिरहेका छन् ।
शपथ ग्रहणजस्तो संवैधानिक र औपचारिक कार्य होटलमा विहान ४ बजे गरिनु प्रदेशको राजनीतिक वातावरणमा थप तनाव सिर्जना भएको छ। सरोज यादवले मुख्यमन्त्रीमा विश्वासको मत लिनुपर्छ तर उहाँसँग बहुमत छैन ।
विश्वासको मत लिन नसकेमा प्रदेस प्रमुखले चुनावको घोषणा गर्नुहुनेछ । प्रदेश प्रमुख भण्डारीले सरोज यादवलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार शपथ गराउनुभएको छ। जबकि अरु बाँकी दल ले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्नुपर्ने माग गर्दै आएका थिए ।
हिजो मात्रै मधेसका सात दलले प्रदेश प्रमुख भण्डारीलाई ज्ञापनपत्र बुझाई उपधारा २ बमोजिम सरकार गठन गर्न माग गरेका थिए। तर आज बिहान बिरामीको बहाना गर्दै जनकपुरबाट निस्किएकी प्रमुख भण्डारीले बाटैमा मुख्यमन्त्रीलाई सपथ ग्रहण गराउनु भएको छ ।
यसले उहाँको आलोचना भइराखेको छ प्रमुख भण्डारी एमाले हुनुहुन्छ स्रोतहरु भन्छन् एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा प्रमुख भण्डारीले सरोज यादवलाई मुख्यमन्त्री बनाउनुभएको हो।
स्थानीयवासी र विभिन्न राजनीतिक दलका नेताहरूले यस्तो घटनाले मधेशको राजनीतिक गरिमामा ठेस पुगेको टिप्पणी गरेका छन्।

तपाईको प्रतिक्रिया