२०७९ को चुनावमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउत बिच भएको चुनावी प्रतिस्पर्धाको असर पटक पनि देखिएको छ । गत चुनावमा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबाट पराजित हुनुभएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव बारामा भएको उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्य हुनुभएको थियो । यसपटक पनि दुवै जनाको मन सप्तरी–२ बाट नै लड्ने कुरा थियो । तर दुवै जना एउटै क्षेत्रबाट नलड्ने सोच पनि थियो । जनमत पार्टीका अध्यक्ष सिके राउतले सप्तरी–२ नछाडेपछि बाध्य भएर उपेन्द्र यादव सप्तरीको क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नुभयो ।
२०७४ को चुनाव त्यहीबाट जितेका उपेन्द्र यादव २०७९ को चुनावमा त्यहाँ पराजित हुनुभएको थियो । यसपटक फेरि सप्तरी–२ बाट नै चुनवा लड्ने तयारी गरेका थिए तर जनमत पार्टीका अध्यक्ष राउतले सो क्षेत्र नछाडेपछि उहाँ सप्तरी–३ मा सर्नुभएको हो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव २०६४ देखि नै हरेक चुनावमा आफ्नो क्षेत्र फेर्दै चुनाव जित्दै आउनु भएको हो ।
दोहोर्याएर एउटा पनि क्षेत्रमा उहाँ चुनाव जित्नुभएको छैन । यसपटक पनि उहाँले आफ्नो चुनावी क्षेत्र परिवर्तन गर्नुभएको छ । सप्तरी–२ मा आफू चुनाव नलड्ने भएपछि त्यहाँ उमेश यादवलाई उहाँले टिकट दिनुभएको छ । नेकपा छाडेर केही पहिले उनी जसपामा प्रवेश गर्नुभएको थियो । यसअघि २०७४ मा उपेन्द्र यादवबाट उहाँ सो क्षेत्रमा पराजित हुनुभएको थियो । २०७९ मा प्रदेश सभा सदस्यको चुनाव सोही क्षेत्रमा परािजत हुनुभएको थियो । यसपटक उहाँलाई जसपा नेपालले नै उमेश यादवलाई उम्मेदवार बनाउनु भएको छ । सोही क्षेत्रबाट पूर्व मुख्यमन्त्री सतिश सिंह स्वभिमान पार्टीबाट चुनाव लड्नु भएको छ । उहाँ जनमत पार्टीबाट मात्र होइन मधेश प्रदेशको प्रदेश सभा सदस्य पदबाट राजिनामा दिएर चुनावमा आउनु भएको छ ।
तपाईको प्रतिक्रिया