संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध रहेका दलहरु बिच चुनावी तालमेल नभएपछि केही दिलको बिचमा तालमेल भएको छ । मोर्चामा आवद्ध राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी तथा मोर्चामा बाहिर रहेको अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी बिच चुनावी सहकार्य भएको छ । यी तीन दल एउटै चुनाव चिन्हबाट चुनाव लड्ने सहमति गरेका छन् ।
यी तीन दलले ५२ जिल्लामा उम्मेदवारी दिने भएका छ । त्यसमध्ये राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टीले ५५ सीट पाएको छ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले ४१ सीट र अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टीले २९ सीट पाएका छन् । झापाको क्षेत्र नम्बर ४ र ५ रामुपा, एक नाउपा नेपाल र २ र ३ जसपाले पाएको छ । मोरगंको क्षेत्र नम्बर १, २ र ५ रामपा, ३ र ४ नाउपा नेपाल र ६ जसपाले पाएका छन् भने सुनसरीमा ४ रामुपा र १ जसपाले पाएका छन् । उदयपुरमा नाउपाले एक नम्बर क्षेत्र पाएको छ भने जसपाले २ नम्बर पाएको छ । सप्तरीमा २ र ३ र नाउपाले १ र ४ पाएको छ ।
सिरहाको क्षेत्र नम्बर २ र ४ रामुपा, १ र ३ नाउपा र ४ नम्बर जसपाले पाएको छ । धनुषा र सर्लाहीका चार वटै सीट रामुपाले पाएको बताइएको छ । महोत्तरीमा २ र ४ नम्बर रामुपा, एक नम्बर नाउपा नेपाल र ३ नम्बर जसपाले पाएको छ । रौतहट १, २ र ३ रामुपा र ४ नाउपा नेपालले पाएको छ । बाराको क्षेत्र नम्बर २ र ४ रामुपा र १ र ३ नाउपा नेपालले पाएको छ । पर्साको ३ र २ रामुपा, ४ नाउपा नेपाल र एक नम्बर जसपा, चितवनको १, २ र ३ नाउपा नेपालको भागमा परेको छ । नवलपरासी एक नम्बर नाउपा नेपाल र दुई नम्बर क्षेत्र जसपाको भागमा परेको छ । नवलपरासी २ रामुपा, एक नम्बर नाउपा नेपाल, रुपन्देहीको ५ नम्बर रामुपा, १, २, ३ नाउपा नेपाल र ४ नम्बर जसपा, कपिलवस्तुको ३ नम्बर रामुपा, १ नाउपा नेपाल र २ जसपा, दांगको २ नम्बर रामुपा, १, ४, ३ नाउपा, बाँकेको १ र ३ नम्बर नाउपा र २ नम्बर जसपाले पाएको छ ।
बर्दिया १ र २ नम्बर क्षेत्र नाउपाको भागमा परेको छ । कैलालीको सबै क्षेत्र नाउपाको भागमा परेको छ । त्यस्तै कन्चनपुरको ३ नम्बर क्षेत्र रामुपा र १ र २ नम्बर नाउपाको क्षेत्रमा परेको छ । काठमाडौँको क्षेत्र नम्बर १, २, ४, ६, ७, ८, ९ र १० रामुपा र ३ र ५ नाउपा नेपालको भागमा परेको छ । जाजरकोट र हुम्लाको सीट रामुपाले पाएको छ । बाग्लुङको क्षेत्र नम्बर २ रामुपा र जसपाबिच कुरा मिलाउन बाँकी रहेको बताइएको छ । डोटी, अछाम, रुकुमपूर्व, पाँचथर रामुपाको भागमा परेको छ । त्यस्तै, ललिपुरको क्षेत्र नम्बर २ र ३ मा रामुपाले उम्मेदवार उठाउने सहमति भएको पार्टी स्रोतले जनाएको छ ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा र ताप्लेजुङको १ मा रामुपा र जसपाबिच कुरा मिलाउन बाँकी छ । इलामको क्षेत्र नम्बर २ रामुपा र १ नम्बर जसपाले पाएको छ । संखुवासभा र धनकुटाको क्षेत्र नम्बर १ जसपा, तेह्रथुपको १ नम्बर रामुपा, भोजपुर, खोटाङ र ओखलढुङ्गाको १ नम्बर क्षेत्रमा जसपाले उम्मेदवारी दिने छ । रामेछाप र दोलखाको १ नम्बर क्षेत्र नाउपा नेपाल, काभ्रेको १ र २ नम्बर जसपा, भक्तपुरको १ र २ रामुपा, मकवानपुरको १ र २ जसपा, तनहुँ, म्याग्दीको १ नम्बर क्षेत्र जसपा र दैलेख तथा डोल्पाको १ नम्बर क्षेत्र रामुपाको भागमा परेको छ ।
नागरिक उन्मुक्ति पार्टीले रुपन्देही–१ मा डा.उमाशंकार चौधरीलाई टिकट दिएको छ । त्यस्तै, कैलाली–५ बाट जग्गनाथ चौधरी र बारा–१ मा भुवनप्रसाद चौधरीलाई टिकट दिएको छ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक चौधरीले तीन दलको बिचमा चुनावी सहकार्य छ, त्यही अनुसार टुग्यांउने काम भइरहेको बताए । उनले आजै सबै टुगों लगाएर जानकारी गराउने बताए । सीटको बाँडफाँड भइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा नेपाल पनि उम्मेदवारको नामावली टुग्यांउने प्रकृयामा लागेका छन् । आज साँझ वा भोली विहानसम्म सबैको नाम टुगों लाग्ने बताइएको छ ।


तपाईको प्रतिक्रिया