Khadya Bibhag

प्रधानमन्त्री कार्कीलाई पुरुषोत्तम यादवको प्रश्न, अन्तिम समयमा कालो टिका किन लगाउनुभयो ?

काठमाडौं, चैत १ — राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता तथा जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादव ले प्रधानमन्त्री सुशीला कार्की माथि राजनीतिक नियुक्ति गरेको आरोप लगाउँदै प्रश्न उठाएका छन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रकृति संरक्षण कोष को अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ लाई मनोनयन गरेको छ। प्रधानमन्त्री तथा कोषका संरक्षक कार्कीले श्रेष्ठलाई आगामी पाँच वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गर्नुभएको हो ।

यस निर्णयपछि प्रतिक्रिया दिँदै नेता यादवले सरकारमाथि राजनीतिक नियुक्ति गरेको आरोप लगाउनु भएको छ । उहाँले अपेक्षा गरिएको प्रतिवेदन सार्वजनिक नभई अन्तिम समयमा नियुक्ति गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

“आज कार्की रिपोर्ट आउने अपेक्षा थियो, तर रिपोर्ट आएन । बरु नियुक्ति आयो,” यादवले भन्नुभयो, “यही राजनीतिक नियुक्तिको विरुद्धको लडाइँ नै जेनजी आन्दोलनको मूल उद्देश्य थियो।”

रास्वपाको समानुपातिक सांसदमा चयन भएका यादवले प्रधानमन्त्रीलाई लक्षित गर्दै थप प्रश्न उठाएका छन् । उहाँले भन्नुभयो, “सफलताको रातो टीका लगाएर बिदा हुने बेला अन्तिम समयमा किन कालो टीका लगाउनुभयो, आदरणीय प्रधानमन्त्री ?”

उहाँले सरकारको पछिल्लो निर्णयले पारदर्शिता र सुशासनको अपेक्षामाथि प्रश्न उठाउनु भएको छ ।

तपाईको प्रतिक्रिया