Khadya Bibhag

सत्ता बाहिरिएपछि सडकमा जनमत पार्टी: ‘बलियो संघीयता’को माग गर्दै भोलि माइतीघरमा प्रदर्शन

काठमाडौँ, जेठ २३:
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले ‘बलगर (बलियो) संघीयता’ को माग राख्दै भोलि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ।

यसअघि २०८१ जेठ १५ गते भृकुटीमण्डपबाट ‘नौलो गणतन्त्र’का लागि आन्दोलनको घोषणा गरेको जनमत पार्टीले प्रदेश र संघीय सरकारमा सहभागी भएपछि आफ्ना आन्दोलनका कार्यक्रमहरू स्थगित गरेको थियो। तर, हाल केन्द्र र प्रदेश दुवै सरकारबाट बाहिरिएको अवस्थामा पार्टीले पुनः सडक संघर्षलाई अगाडि बढाउन लागेको हो।

पार्टीका अनुसार प्रदर्शनलगत्तै काठमाडौँमा महत्त्वपूर्ण सांगठनिक बैठकहरू पनि सञ्चालन हुनेछन्। भोलि नै केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समिति र जिल्ला कार्यसमितिको पूर्ण बैठक बस्ने कार्यक्रम तय भएको छ। यी बैठकहरूमा सहभागी हुन देशभरबाट नेताहरू काठमाडौँ आइपुगेका छन्। नेताहरूको यही उपस्थितिको अवसरलाई सदुपयोग गर्दै जनमत पार्टीले माइतीघरमा शक्ति प्रदर्शनसहितको कार्यक्रम तय गरेको हो।

May be an image of text

तपाईको प्रतिक्रिया