Khadya Bibhag

सनातन हिन्दु राष्ट्रका लागि ‘हुँकार मधेश’ अभियान

काठमाडौँ जेठ २३ गते । धार्मिक स्वतन्त्रतासहित सनातन हिन्दु राष्ट्रका लागि तराई मधेशका युवाहरुले ‘हुँकार मधेश’ मधेश अभियान सुरु गरेको छ ।

मधेश केन्द्रीत दल जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाललगायत काँग्रेस, एमाले, नेकपामा रहेका मधेशी युवाहरुले यो अभियानको सुरु गरेको हो ।

जसपा नेपालबाट राजिनामा दिएर निस्केका रामकुमार शर्माले जेनजी आन्दोलनपछि परिर्वतनका पक्षमा रहेका मधेशी युवाले यो अभियान सुरु गरेको हो, यसमा मधेश केन्द्रीत दलमा आवद्ध युवा मात्र होइन, काँग्रेस, एमाले, नेकपालगायत अन्य दलमा रहेका नेताहरु पनि यसमा संलग्न रहेको बताइएको छ ।

अभियानले ‘हुँकार मधेश’ एउटा अभियान परिवर्तनका लागि दस्ताको जंजिर तोडेर अघि बढ्नेछौं, भनेको छ । अभियानको नाम नै ‘हुँकार मधेश’ रहेको छ । अधिकार, पहिचान, संघर्ष, जागरण र परिवर्तन गरी यो अभियानको पाँच पाँच वटा उद्देश्य राखेको छ । यो अभियानले धार्मिक स्वतन्त्रतासहित सनातन हिन्दुराष्ट्रको लागि पनि काम गर्ने बताइएको छ ।

जसपा नेपालबाट राजिनामा दिनुभएका नेता रामकुमार शर्माले संविधानमा भएको व्यवस्था अनुसार सनातन हिन्दु राष्ट्रको कुरा उठाएको बताउनुभयो । धार्मिक स्वतन्त्र रहन्छ तर संविधानमा भएको व्यवस्था अनुसार नै सनातन हिन्दु राष्ट्रका लागि मधेशका युवाहरुले अभियान चलाउने बताउनुभयो ।

त्यसका साथै १० प्लस १ प्रदेशका लागि पनि अभियानले संघर्ष गर्नेछ । यसको नेतृत्व युवातहबाट नै हुनेछ । तीन चार महिना अभिायन सञ्चालन गरिसकेपछि जनताबाट आएको सुझाव तथा प्रतिकृयाको आधारमा अगाडि बढ्ने नेता शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया