हत्या आरोपमा जेल बसेका झा जनलोकपालको सदस्य

जनकपुर जेठ २५ गते । मधेश प्रदेश सरकारले जनलोकपाल आयोगको सदस्यमा नियुक्त गरेको सञ्जीव कुमार झा हत्याको आरोपमा जेल बसिसक्नु भएको छ । झा महोत्तरीको रामगोपालपुर नगरपालिका २ का अध्यक्ष मुकेश यादवको हत्या आरोपमा जेल सजाय भोगेरका व्यक्ति हुनुहुन्छ । २०८१ कात्तिक ६ गतेका दिन जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको थियो।

प्रदेश जनलोकपाल आयोग सम्बन्धी ऐनमा उच्च नैतिक रहेका व्यक्तिलाई मात्रै नियुक्त गर्न पाउने व्यवस्था गरेको छ। तर कानुन विपरित राजनैतिक पहुँचकै आधारमा झालाई आयोगको सदस्यमा नियुक्त गरिएको टिप्पणी भइरहेको छ । गत जेठ १२ गते प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले महोत्तरीको औरही नगरपालिका ७ बस्ने झा र सोही नगरपालिका– ८ बस्ने कुमारी सुजाता कुमारी यादव (विमल)लाई प्रदेश जनलोकपाल आयोगको सदस्यमा नियुक्त गर्नुभएको थियो।

हत्याको घटनामा साधारण तारेखमा रिहा हुनुभएका झा नेकपा एमाले एवं पूर्व मुख्यमन्त्री सरोजकुमार यादवको सहयोगी हुनुहुन्छ । झालाई पूर्वमन्त्री यादवले संरक्षण दिएको मुकेश यादवका श्रीमती मृतक यादवकी पत्नी अतिय यादवले आरोप लगाउनुभएको छ । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै आफ्नो श्रीमानको हत्या मुद्दामा पूर्वमुख्यमन्त्री सरोज यादव पनि संलग्न भएको गम्भीर आरोप लगाउनु भएको छ । पूर्वमुख्यमन्त्री यादवले आफ्नो पदीय दबाबमा मुद्दा कमजोर गर्न लागेको र जेल चलान भएका आरोपितलाई साधारण तारेखमा रिहा गराएको उहाँले बताउनुभएको छ ।

झा कक होटल सञ्चालक पनि हुनुहुन्छ । होटलमा यौन व्यवसायमा चलाएको आरोप उहाँमाथि लाग्दै आएको छ । उहाँ त्यसको आरोपमा एकपटक पक्राउ पनि परेको स्रोतले दावी गरेको छ । यता, प्रदेश जनलोकपाल आयोग र प्रदेश लोकसेवा आयोगको सदस्यको नियुक्तको विषयलाई लिएर प्रतिपक्षीले सदन नै अवरुद्ध गर्दै आइरहेको छ।

 

तपाईको प्रतिक्रिया