अ‍ोली सरकारमा सहभागी जसपाका मन्त्रीलाई उपेन्द्र यादवले सोध्नुभयो स्पष्टिकरण

काठमाडौँ जेठ ३० गते । जनता समाजवादी पार्टी नेपालबाट प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा सहभागी भएका नौजना मन्त्रीहरुलाई सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्पष्टीकरण सोध्नु भएको छ ।

ओली सरकारमा सहभागी हुनुभएका राजेन्द्र महतो र लक्ष्मणलाल कर्णबाहेक राजकिशोर यादव, अनिलकुमार झा, चन्दा चौधरी, शरतसिंह भण्डारी, एकवला मियाँ, चन्द्रकान्त चौधरी, रेणुका दाहाल, उमाशंकर अरगरिया र विमल श्रीवास्तवमा स्पष्टीकरण सोध्नु भएको छ । यसअघि नै महतो र कर्णलाई पार्टीबाट कारवाही गरिसक्नु भएको थियो ।

उहाँहरुलाई जेठ ८ गते बसेको कार्यकारिणी समितिको बेठकले ओली नेतृत्वमा सरकार सामेल भएमा पार्टीबाट स्वतः निस्काशन हुने निर्णय भएपनि पार्टीको सो निर्णय विपरित सराकरमा सामेल भइ सकेकाले कारवाही किन नगर्ने भनि पत्र पठाउनु भएको छ ।

उहाँहरुलाई राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १८ (३), २५ (१) (३) र पार्टीको अन्तरिम विधान २०७७ को धारा ४९ को (१) (२) (३) (५) र (८( दफा ५० को (१) विपरित कार्य गरेको हुनाले पत्र प्राप्त भएको सात दिनभित्र चित्त बुझ्दो स्पष्टिकरण माग गरिएको छ ।
प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने आलोकतान्त्रिक, असंवैधनक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीति विपरित किन साथ दिनु भएको साथै केन्द्रीय कार्यकारिणी समितिको २०७८ जेठ ८ गते को निर्णय अवज्ञा गरी अ‍ोली सरकारमा पार्टी निर्णय विपरित किन सामेल हुन भएको भनि स्पष्टीकरण पत्रमा उल्लेख छ ।

संसदीय दलको विधान नबनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र कुन आधारमा दलको नेताको रुपमा हस्ताक्षर गरी स्वीकार गर्नभएको प्रश्न गर्दै पार्टी विधानमा नभएको काम कारवाहीहरुलाई पार्टी अनुशासन र आचारसहिंता विपरित पार्टीमा आफूखुशी स्वेच्छाचारिता बढाउने कामहरुलाई किन प्रश्रय दिएको भनि प्रश्न मन्त्रीहरुलाई गरिएको छ ।

पार्टीमा गुटबन्दी गर्ने, अनुशासन भंग गर्ने गराउने कार्य भइरहेकोले यस सन्दर्भमा यो पत्र प्राप्त भएको म्याद भित्र चित्त बुझ्दो सन्तोषजनक जवाफ प्राप्त नभएमा तपाईलाई राजनीतिक दल सम्बन्धी ऐन र पार्टीको विधान अनुसार कारवाही गरिने पत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया