बाबुरामले भन्नुभयो, ‘टाउको ओखती नाइटोमा लगाउनु हुन्न’, उहाँलाई प्रश्न तपाई आफ्नो औषधी कहाँ लगाउनुभयो’

काठमाडौ असार ६ गते । जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुरा भट्टराईले टाउकाको ओखती नाइटामा लगाएर नहुने टिप्पणी गर्नुभएको छ । आज उहाँले आफ्नो ट्वीटरमा विहानै विहानै भनिन्छ,टाउकाको ओखती नाइटामा लगाएर हुन्न, भनि लेख्नु भएको छ । उहाँले अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति, दल र नेतृत्वको स्खलन नै रहेको टिप्पणी गर्दै भन्नुभयो, ‘काँग्रेस ‘कांग्रेस नरहनु, कम्युनिष्ट, ‘कम्युनिष्ट नरहनु, समाजवादी ‘समाजवादी नरहनु कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयॉ बनाउने आँट गारौँ, नत्र समयले कसैलाई पर्खन्न है ।’

अहिले काँग्रेस, माओवादी, एमाले, जसपामा समेत आन्तरिक विवाद रहेको प्रति इकिंत गर्दै यी सबैलार्य परिवर्तन गरेर केही नयाँ सोच्न आग्रह उहाँले गर्नुभएको छ । अध्यक्ष भट्टराई जहिले नयाँ गर्न खोज्नु हुन्छ तर आजसम्म कुनैमा सफल हुनुभएको छैन । जहिले नयाँ नयाँ प्रयोग गरेर पार्टीहरुमा विवाद ल्याई रहनु भएका डा.भट्टराईले अहिले जुनसुकै पार्टीमा जाँदा भाँडभैलो हुने गरेको आरोप उहाँमाथि लाग्ने गरेको छ । माओवादीमा हुँदा पनि त्यहाँ नयाँ केही गर्न खोज्दा कुरा मिलेन अनि उहाँ बाहिरिएर नयाँ जोश जाँगरका साथ नयाँ शक्ति खोल्नु भएको थियो । केही दिन निकै तामझाम थियो त्यो पार्टीको तर विस्तरै सेलाउँदै गयो । अन्ततः पछि उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी पार्टीमा विलिन हुनुभयो ।

विलिन भएर समाजवादी पार्टी बनाउनु भएका बाबुराम भट्टराई त्यहाँबाट राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण गराएर जसपा नेपाल बनाउनु भयो । अहिले जसपा नेपालमा भइरहेको विवाद देखेर उहाँ आफै दिक्क भइ लेख्नु भएको छ,–‘भनिन्छ,टाउकाको ओखती नाइटामा लगाएर हुन्न’ उहाँ स्वयंले कहाँको औषधी कहाँ लगाउनु भएको छ प्रश्न खडा भएको छ ।

देवेश झाले उहाँको ट्वीटमा कमेन्ट गर्दै भन्नुभएको छ,–
डा साब, लोकतन्त्रको आवरणमा माओवादी एजेन्डा लागु गर्ने प्रयासको परिणाम हो यो। लोकतान्त्रिक व्यवस्थामा जनादेश निर्णायक हुन्छ त्यसैले पछिल्लो जनादेश अनुसार गरे भइहाल्थ्यो । यदि त्यसमा फेरबदल गर्नुपर्छ भने नया जनादेश चाहिन्छ। यो टेकनिकल गठबन्धन गर्न जनताले भनेको थिएन।’

उहाँको ट्वीटमा एकजनाले कमेन्ट गर्दै भन्नुभएको छ–
अब त ६८बर्षको पनि हुनु भएछ अब राजनीतिबाट सँन्यास लिने बेला भएन र ? यी राजनीतिक बिषय बस्तुबाट टाढा रहेर अब कुनै ग्रामिण गाउँ घरमा गएर स्कुल वा कलेज पढाएर बस्नुहोस् र नयाँ दक्ष शिक्षित यूवा समुह उत्पादन गर्नुहोस् यसैमा यहाँको भलाई होला कति यो राजनीतिक गन्जाजोलमा गुजुल्टि रहनुहुन्छ।’

सुभाष पराजुलीले कमेन्ट गर्दै लेख्नु भएको छ,–
अलिकती बुध्धी भय जस्तो कुरा त गर्नु भयो तर के गर्नु तपाईं ले पर्खिय पनि समय ले पर्खिदैन तेसैले म भन्छु तपाईं हरु सबैको समय आइसक्यो अब आराम गर्नुस काहा गर्ने आराम चाइ जन्ता ले टुङ्गो लगाउने छन् ।

आशिष थापाले पनि कमेन्टमा भन्नुभएको छ–
मिसिनरीहरु को पहिचान भैइ सकेपछि जति सत्य बोलेर बौद्धिकता प्रस्तुत गरेपनि भेडो कार्यकर्ताले वाही वाही गर्ने छन् तर सचेत जिम्मेवार नेपाली नागरिकहरु पत्याउदैनन,कमरेड ’

निलम शर्मा रिजालले कमेन्टमा लेख्नु भएको छ,–
ज.मो. ज.मो. नरहेर माओवादी, माओवादी माओवादी नरहेर नयाँ शक्ति, नयाँ शक्ति नयाँ शक्ति नरहेर समाजवादी, समाजवादी समाजवादी नरहेर ज.स.पा. ज.स.पा ज.स.पा नरहेर । सबैजना हजुर जस्तो उत्परिवर्तित हुने क्षमता राख्दैनन् । फेरि बोत्तल फेर्दैमा रक्सिको स्वाद कहाँ फेरिन्छ र ।’

प्रकाश पौडेलले कमेन्टमा भन्नुभएको छ,–
अब कम्युनिस्ट र समाजबादी राम्रै बनाइदिनु भयो अब एक लट काग्रेस छिरेर त्यहा पनि केही गर्दिनुस डाक्टर साप ।’

तपाईको प्रतिक्रिया