राजकिशोर यादव पनि लाग्नुभयो उपेन्द्रको पक्षमा

काठमाडौँ साउन ३ गते । जनता समाजवादी पार्टी नेपालमा एकताका लागि प्रयास गरिरहनु भएका महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादव पनि उपेन्द्र यादवको पक्षमा लाग्नु भएको छ ।

उहाँले उपेन्द्र यादवको संसदीय दलको बैठकमा उपस्थित नभएपनि संसदमा उपस्थित भएर प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने भन्नुभएको छ । पार्टीमा विवाद देखिएको कारण केही दिनदेखि उहाँ कुनै पक्षमा नलागि चुपचाप बस्नु भएको थियो । जसपा महन्थ ठाकुर पक्षले आफ्नो पक्षबाट मन्त्री पठाउँदा राजकिशोर यादवको नाम पठाउनु भएको थिएनन् तर राजकिशोर यादव अ‍ोलीको कोटामा  मन्त्री बन्नुएको थियो ।

अहिले उहाँले उपेन्द्र यादवको पक्षमा लागेर प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्ने भएको छ । अब उपेन्द्र यादवको पक्षमा राजकिशोर यादवसहित १८ जना सांसद पुगेका छन् । अरु अझै दुईजना संसद भवनमा देखिने उपेन्द्र यादव पक्षको दावी छ । उपेन्द्र यादवलाई छाडेर महन्थ ठाकुरको पक्षमा गएर राज्यमन्त्री बन्नुभएका रेणुका गुरुङ पनि उपेन्द्र यादवको पक्षमा लाग्नु भएको छ ।

 

तपाईको प्रतिक्रिया