Khadya Bibhag

जसपाको कार्यकारिणी समितिको बैठक सुरु

काठमाडौँ फागुन २१ गते । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको छ ।
सरकारमा सहभागिताका विषयमा छलफलका लागि सो बैठक बोलाएको हो । सरकारमा जाँदा के शर्तमा जाने, कुन कुन मन्त्रालय लिने, कतिवटा मन्त्रालय लिने, प्रदेशका सरकारमा के गर्ने, अन्य नियुक्तिहरुको विषयमा के गर्ने लगायतका विषयमा छलफल गर्नका लागि बैठक बसेको हो ।
मन्त्रीमा कसलाई पठाउने विषयमा पनि छलफल हुने बताइएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव स्वयं पनि सरकारमा जाने चर्चा छ । प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादवलाई सरकारमा सहभागी हुन प्रस्ताव गरिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया