जनमत पार्टीको बैठक बस्दै

काठमाडौँ भदौँ २९ गते । चनुावको तयारीमा रहेको जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आज बेलुकादेखि बस्न लागेको हो ।
जनकपुरमा बस्न लागेको बैठकमा संगठन विस्तार, अगामी चुनाव, पार्टीको अगामी कार्यदिशालगायतका विषयमा छलफल हुने जनमत पार्टीका महासचिव चन्दन सिंहले बताउनुभयो ।

बैठकमा सहभागीका लागि केन्द्रीय सदस्यहरु जनकपुर आउन लागेका छन् । केन्द्रीय समितिको विस्तारित बैठक बेलुका बस्नेछ त्यसअघि पार्टीको कार्यकारिणी समितिको बैठक बसिरहेको उहाँले बताउनुभयो ।

विस्तारित बैठकमा हुने छलफलको एजेण्डाको बारेमा कार्यकारिणी समितिको बैठक भइरहेको छ । उहाँले भन्नुभयो, पार्टी कार्यकारिणी समितिको बैठक तीन दिनदेखि चलिरहेको छ, आज सो बैठक सकेपछि केन्द्रीय समितिको विस्तारित बैठक बस्नेछ ।’ बैठक भोलीसम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया