लोसपाले गर्यो चीनविरुद्ध प्रदर्शन

काठमाडौँ असोज १८ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केही दिनदेखि चीनविरुद्ध लगातार प्रदर्शन गरिरहेको छ ।

चीनले नेपालको भूमी मिलेको बारेमा अध्ययन गर्न सरकारले समिति बनाएदेखि लोसपाले चीनविरुद्ध लगातार प्रदर्शन गर्दै आएको छ । काठमाडौँको मैतीघर मण्डलामा प्रदर्शन गर्दै आएको लोसपा अहिले जिल्ला जिल्लामा समेत प्रदर्शन गर्न थालेको हो ।
लोसपाले आफ्ना युवा तथा विद्यार्थी भातृ संगठनहरुबाट यी प्रदर्शनहरु गराई रहेको छ ।

नेपालको ७ जिल्लाको ११ ठाँउमा चीनद्वारा नेपालको भूमी मिचिएको दावी लोसपाको रहेको छ । नेपालको हुम्ला जिल्लाको लाप्चासहित विभिन्न जिल्ला र विभिन्न ठाउँको नेपालको भूमि अतिक्रमण गरेको लोसपाले दावी गरेको छ ।

हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न र अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गर्न, गराउन लोसपाले माग गरेको छ । सरकारले बनाएको समितीले बुझाएको प्रतिवेदन सार्वजनिकको मांग समेत लोसपाले गरेको छ ।

चाइनामा एमबीबीएस पढिरहेको विद्यार्थीलाई ईन्टरन सीप नगाराइ स्वदेश पठाइ वेवारिसे छाडेको भन्दै लोसपाका विद्यार्थी संगठनले त्यसको विरोध गरेको छ ।

तपाईको प्रतिक्रिया